
काठमाडौं ।
जर्मनीले देशभरमा रहेका सबै पेट्रोल स्टेशनहरूमा इलेक्ट्रिक कार चार्जिंग पोर्टहरू उपलब्ध गराउनुपर्ने अनिवार्य गराउने भएको छ ।
यो योजना १३० अर्ब यूरोको आर्थिक पुनरुत्थान योजनाको एक हिस्साको रूपमा आवश्यक भएको र यसले तेलको हालिरहनुपर्ने विषयलाई समाधान गर्ने र ग्राहकहरुले ईलेक्ट्रिक कारको माग गर्नका लागि आवश्यक भएको बताएको छ।
यो कदमले देशभर इलेक्ट्रिक कारहरुकाे माग र प्रयोगमा वृद्धि गर्ने र यसले ईन्धन उत्सर्जन गरेर वायु प्रदुषण गर्ने गाडी धनीहरुलाई थप कर लगाउन सकिने बताईएको छ । यसका साथै इलेक्ट्रिक कार धनीहरुलाई सो कारको लागतमा ६ हजार यूरो अनुदान समेत दिईनेछ ।
यसका साथै सरकारले ब्याट्री सेल उत्पादन र चार्जिङ्ग पूर्वाधारका लागि २.८ अर्ब यूरो लगानी गर्ने भएको छ ।
गत वर्षको आधारमा हेर्दा जर्मनीमा नयाँ इलेक्ट्रिक कारहरुको दर्ता केबल १८ प्रतिशत मात्र रहेको छ । गएको मे महिनामा दर्ता भएका गाडीहरुमध्ये केबल ३.३ प्रतिशत अर्थात ५ हजार ५७८ वटा इलेक्ट्रिक कार दर्ता भएका थिए ।
जर्मनीले इलेक्ट्रिक कारको क्षेत्रमा नेतृत्व लिनका लागि कम्तीमा ७० हजार चार्जिङ्ग स्टेशन र ७ हजार फास्ट चार्जिङ्ग स्टेशनहरु बनाउनुपर्ने हुन्छ । एजेन्सीका साथ
प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार