
काठमाडौं ।
फेसबुकले आफ्नो प्लेटफर्ममा हुने ग्रुपका एडमिनहरुका लागि नयाँ सुझाब ल्याएको छ । कम्पनीले जातिय र रंगभेदको विरुद्ध सहयोगी हुनेगरि नयाँ नियम ल्याएको छ ।
फेसबुक ग्रुप फेसबुकको व्यवसायीक रणनीतिको लागि निकै महत्वपूर्ण रहँदै आएको छ । सोहि विषयलाई ध्यानमा राखेर फेसबुक ग्रुपमा हालै अमेरिकामा जारी ब्ल्याक लाइभ्स म्याटरको बारेमा चर्चा गर्न र अमेरिकामा भएको अन्यायको बारेमा कुराकानी गर्न भनिएको छ ।
पछिल्लो समयमा धेरै फेसबुक ग्रुप एडमिन तथा मोडरेटरहरुले त्यस्ता पोस्टहरुलाई राजनीतिक भनेर डिलिट गर्दै आएका छन् । यस्तो पोस्टहरु डिलिट गर्नाले सदस्यहरुलाई ग्रुपहरु छोड्न प्रेरित गरेको र विवाद उत्पन्न गरिरहेकोछ ।
फेसबुकले सिधै राजनैतिक पोस्टहरुलाई प्रतिबन्ध लगाउने बारेमा सम्बोधन गरेको छ धेरै ग्रुपहरुले यसलाई पालना गरिरहेका छन् ।
यसका साथमा फेसबुकले आफ्नो पोस्टमा विभिन्न विषयहरुमा एडमिनहरु आफैं शिक्षित हुनुपर्ने बताएको छ, यस्ता विषयहरु नयाँ र विभिन्न समुदायका सदस्यहरुका लागि समान अवसरको सिर्जना गर्ने किसिमले मोडरेशन टिम बनाउन भनिएको छ ।
त्यसैगरि सबै ग्रुपहरुमा राखिने पोस्टहरुलाई संभव भएसम्म लाइभ जानुभन्दा अगाडि अनुमति दिनका लागि भनिएको छ । एजेन्सीका साथमा
प्रकाशित: २६ जेष्ठ २०७७, सोमबार