
काठमाडौं ।
नबिल बैंकले हालै नयाँ पुस्ताका ग्राहकहरुलाई ध्यानमा राखेर ‘जेन-एन एकाउन्ट’ संचालनमा ल्याएको छ।
सो बचत खाता आफ्नै घरमा बसेर खोल्न सकिनेछ भने त्यसमा आकर्षक ब्याजसमेत दिईने बैंकले बताएकोछ ।
बैककाअनुसार सो जेन एकाउन्टमा थुप्रै प्रबिधिमैत्री सेवाहरु मोबाइल बैंकिङ, भाईबर बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन ट्राजेक्सन, नेपाल टेलिकमको दुई जिबी डाटा तथा एनसेलको समेत डाटा प्याकेज निःशुल्क दिईएको छ।
यसका साथै नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधा समेत खाता खोल्नेहरुलाई प्रदान गर्ने बताएको छ। १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोली लाभ लिनसक्ने बैंकले जनाएको छ।
प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार