चिनियाँ मोबाइल फोन ब्राण्ड ओपो स्मार्ट टिभी ल्याउने तयारीमा

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

चिनियाँ मोबाइल फोन ब्राण्ड ओपो स्मार्ट टिभी ल्याउने तयारीमा
ओप्पोको नेपालस्थित सर्भिस सेन्टर । फाइल तस्विर

काठमाडौं ।

चिनियाँ मोबाइल फोन कम्पनीहरुले पछिल्लो दिनमा धमाधम स्मार्ट ग्याजेटका साथमा स्मार्ट टिभी लन्च गर्ने लहड चलिरहेको छ ।

शाओमी ह्वावेपछि हालै रियलमीले स्मार्ट टिभी लन्च गरेका थिए । यी सबै ब्राण्डहरुले चीन र भारतको ठूलो बजारलाई ध्यान दिइर स्मार्ट टिभी ल्याईरहेका छन् । यहि क्रममा अर्को ब्राण्ड समेत थपिएको छ ।

अब ओपोले पनि स्मार्ट टिभी विकास गर्नेतर्फ कदम चालेको छ र यसले २०२० को क्रिसमसको अवसर पारेर आफ्नो नयाँ टिभी लन्च गर्ने चर्चा बाहिर आएको छ ।

कम्पनीको आधिकारीक वेबो पेजमा कम्पनीले चीनमा आफ्नो १ वर्षको ५जी स्मार्टफोन र प्रविधिको प्रयास बारेमा जानकारी दिएको छ । जसलाई इन्फोग्राफिक्समा देखाईएको छ ।

कम्पनीले सार्वजनिक गरेको तस्वीरहरुमध्ये एक तस्वीरको तल्लो भागमा हेर्दा त्यहाँ टिभीको चित्र देखिन्छ।

ओपोको भगिनी ब्राण्ड रियलमीले हालै मात्र एन्ड्रोयडमा आधारित स्मार्ट टिभी भारतबाट बिक्री गर्न शुरु गरेको थियो । जसको मूल्य प्रतिस्पर्धी राखिएको थियो ।

यहि आधारमा ओपोले पनि यस वर्ष नयाँ स्मार्ट टिभी लन्च गर्नसक्ने अनुमान गरिएको छ ।

ओपोले हालसम्म वायरलेस ईयरफोन्स, स्मार्टवाच, स्मार्ट ब्याण्ड, एआर हेडसेट, ५जी सिपिईलगायतका डिभाइसहरु लन्च गरिसकेको छ । तर कम्पनीले टिभी भने अहिलेसम्म ल्याएको छैन् । यी सबै ग्याजेट्सको तस्वीर टिभीको भन्दा अगाडि श्रृंखलाबद्ध रुपमा राखिएको छ । र टिभीलाई अन्तिममा राखिएको छ ।

तर ओपोको स्मार्ट टिभीको बारेमा अन्य जानकारीहरु भने आएको छैन् । एजेन्सी

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया