ई-कमर्श कम्पनी ग्यापु डटकम र किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बिच साझेदारी

  • Technology Khabar | २२ जेष्ठ २०७७, बिहीबार
ई-कमर्श कम्पनी ग्यापु डटकम र किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बिच साझेदारी

काठमाडौं ।

अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको ई-कमर्श कम्पनी ग्यापु डटकम र किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरीबीच ब्यापार साझेदारी भएको छ।

काठमाडौं, बनेपा र पोखराका २३ आउटलेट मार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सय भन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाईट वा मोबाइल एपमार्फत अर्डर गर्नसक्ने बताइएको छ।

उक्त अर्डरको ग्यापुका कर्मचारी मार्फत २४ घण्टाभित्र निशुल्क डेलिभरी गरिने बताइएको छ।

ग्राहकले डेलिभरीपूर्व ई-सेवाबाट पैसा तिरी क्यासब्याक समेत लिन सक्नेछन्। ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, खल्ती, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन्।

हाल काठमाडौ उपत्यका भित्र मात्र ग्यापुको सेवा रहेको र लकडाउनपछि देशका मुख्य शहरहरुमा सेवा बिस्तार गरिने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए।

प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार