अनलाइन गेम फोर्टनाइटको आगामी लाइभ इभेन्ट र सीजन ३ फेरि स्थगित

  • Technology Khabar | २२ जेष्ठ २०७७, बिहीबार
अनलाइन गेम फोर्टनाइटको आगामी लाइभ इभेन्ट र सीजन ३ फेरि स्थगित

काठमाडौं ।

अनलाइन गेम फोर्टनाइटको आगामी लाइभ इभेन्ट र सीजन ३ एकपटक फेरि स्थगित गरिएको छ। यस पटक, यसको पछाडिको कारण अमेरिकामा भइरहेको विरोध प्रदर्शन हो।

एपिक गेम्सले यसको ब्लग पोष्टमार्फत टीमहरुलाई आफैं, आफ्नो परिवार र आफ्नो समुदायमा ध्यान केन्द्रित गर्नु पर्ने बताएको छ।

यसले दि डिभाइस नामक प्रत्यक्ष कार्यक्रम र सीजन ३लाई क्रमशः १५ जून र १७ जूनसम्म विस्तार गरिएको छ। यो इभेन्ट र फोर्टनाइट सीजन ३ यसअघि एक पटक अप्रिलमा र दोस्रो पटक गत हप्ता अगाडि धकेलिएको थियो।

एपिक गेम्सले एक ब्लग पोष्ट मार्फत, लाइभ इभेन्ट र नयाँ फोर्टनाइट सिजन किन पछाडि सारियो भनेर उल्लेख गरेको छ। जसमा यो रिलीज र इभेन्ट अमेरिकामा भएको जर्ज फ्लोयडको मृत्यु र त्यसपछि शुरु भएको आन्दोलनको कारण सिर्जित अशान्तिले गर्दा स्थगित गरिएको बताएको छ।

कम्पनीले नियमित अवस्थामा यो लाइभ इभेन्ट र सीजन ३ लाई आजै लन्च गर्ने योजना राखेको थियो । एजेन्सी

प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...