सामसङ ग्यालेक्सी एम३१ र एम२१ स्मार्टफोन नेपाली बजारमा, पावरफुल ब्याट्री र क्यामरा

  • Technology Khabar | २२ जेष्ठ २०७७, बिहीबार
सामसङ ग्यालेक्सी एम३१ र एम२१ स्मार्टफोन नेपाली बजारमा, पावरफुल ब्याट्री र क्यामरा

काठमाडौं ।

देशभर लकडाउनका कारण उद्योग व्यवसाय र कारोबार ठप्प रहेको छ । तर यही बिचमा स्मार्टफोन ब्राण्ड सामसङले एकैदिन दुईवटा मिडरेन्जका स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

कम्पनीले हालै ग्यालेक्सी एम ३१ र ग्यालेक्सी एम २१ स्मार्टफोन आफ्ना युवा एवं जेन जी ग्राहकहरुलाई लक्षित गरी नेपाली बजारमा पनि प्रस्तुत गरेको छ ।

यी फोनहरु ग्यालेक्सी एमको थप नयाँ शृंखला हो । यस शृंखला अन्तर्गत सामसङले विभिन्न ५ मोडेलहरु प्रस्तुत गरिसकेको छ । सामसङको एम शृंखला अन्तर्गत ग्यालेक्सी एम१० एम२० एम३० एम४० र एम३०एस रहेका छन् ।

सन् २०१९ सामसङको #MegaMonster ह्यास ट्याग अन्तर्गत ग्यालेक्सी एम३१ मा ६४ मेगापिक्सलको क्वाड क्यामरा रहेको छ, साथै ६००० एमएएचको व्याट्री तथा सामसङको आफ्नै सूपर एमोलेड डिस्प्ले पनि विद्यमान रहेको छ ।

६४ मेगापिक्सलको क्यामराले अत्यन्त शूक्ष्म, विस्तृत एवं अद्वितीय फोटो खिच्ने सामथ्र्य प्रदान गर्दछ । १२३ डिग्रीको फिल्ड अफ भ्युका साथ ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ त्यस्तै क्यामराले कैद गर्न सक्दछ । साथै क्लोजप फोटो खिच्नको लागि यसमा ५ मेगापिक्सलको माइक्रो लेन्स राखिएको छ । साथै ५ मेगापिक्सलको डेफ्ट लेन्सले लाइभ फोटो खिच्न सक्दछ ।

ग्यालेक्सी एम ३१ ले फोरके भिडियो रेकर्डिङ्ग, हाइपरल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडमा भिडियो खिच्न सक्दछ । यसका साथै यसमा भएको नाइट मोडले अँध्यारोमा पनि उत्कृष्ट फोटो एवं भिडियो खिच्न मद्दत गर्दछ । यसको ३२ मेगापिक्सलको फ्रन्ट क्यामरामा पनि फोरके भिडियो रेकर्डिङ्ग तथा स्लोमो सेल्फी सुविधा रहेको छ ।

ग्यालेक्सी एम३१ मा कम्पनीको अग्रणी ६००० एमएएच ब्याट्री राखिएको छ, जसले सहजै पूरै दिन रात मज्जाले फोन चलाउने स्वतन्त्रता प्रदान गर्दछ । यो फोनमा टाइप सि १५ वाटको फास्ट चार्जर एवं मेगामोन्स्टर व्याट्री रहेको छ । यो फोन केवल ८.९ एमएम मोटाइको मात्र रहेको छ भने यसको कूल तौल १९१ ग्राम मात्र रहेको छ । यो सहजै हातमा लिन सकिने खालको रहेको छ ।

‘ग्यालेक्सी एम शृंखलाले सन् २०१९ मा आफ्नो अभूतपूर्व सफलता हासिल गरेको छ । हालै प्रस्तुत गरिएको ग्यालेक्सी एम३१ र एम २१ स्मार्टफोन आजका युवावर्गहरुको आवश्यकता एवं चाहना अनुरुप नै निर्माण गरिएको हो । ग्यालक्सी एम श्रृंखलामा हरेक कुराहरु उत्कृष्ट रहेका छन् । यसमा एक शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामेरा एवं एक ठूलो स्क्रिन छ जुन नेपालका जेन जी तथा नयाँ पुस्ताका लागि धेरै आकर्षक रहेको छ ।’ सामसङ नेपालका मोबाइल विजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी एम३१ फोनमा एमोलेड डिस्प्ले रहेको छ, जसले गर्दा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्दछ । यो फोन वाइडभाइन एल १ Widevine L1 द्वारा प्रमाणिकृत भएको छ, जसले उच्च डिफिनिसनको विषयवस्तु स्ट्रिमिङ्गको सुनिश्चितता प्रदान गर्दछ ।

यसमा गेमिङ्ग तथा मुभि देखि वेभ सर्फिङ्ग तथा मल्टिटास्किङ्ग कार्यहरु विना रुकावट तथा २६ घण्टासम्म भिडियो प्ले ब्याकको स्वतन्त्रता प्रदान गरेको छ ।

ग्यालेक्सी एम३१ मा एन्ड्रोइड १० रहेकोछ यसमा सामसङको नयाँ वन यूआई २.० राखिएको हुँदा कुनै रुकावट विनाको अनुभव प्राप्त गर्न सकिन्छ ।
मेमोरी तथा उपलब्धता

ग्यालेक्सी एम३१ दुई मेमोरी समूहमा उपलब्ध रहेको छ । ६/१२८ जीबी तथा ८/१२८ जीबी ग्यालेक्सी एम३१ फोन आजैदेखि नेपालभरका सामसङ ब्राण्डसप तथा रिटेल स्टोरहरुमा उपलब्ध हुने बताईएको छ ।

ग्यालेक्सी एम २१

सामसङले ग्यालेक्सी एम २१ #WattaMonster स्लोगन अन्तरगत आएको छ । यो फोनमा   कम्पनीको अग्रणी ६००० एमएएच ब्याट्री, शक्तिशाली ४८ मेगापिक्सेलको रियर क्यामेरा तथा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । यो आजका मिलेनियलहरू, जेन जी हरुका लागि अन-द-गोको अवस्थामा रहन युपयुक्त रहेको छ ।

ग्यालेक्सी एम २१ को यूएसपी यसको अतुलनीय ६००० एमएएच ब्याट्री नै हो, जुन दिन र रात सहजै चल्दछ । यसमा टाइप सी फास्ट चार्जिंग सुविधाले अन्य साधारण चार्जिङ्गको तुलनामा ३ गुणा स्पीड बढाइदिएको छ । मोबाइको बक्समा १५ वाटको चार्जर पनि उपलब्ध रहेको छ ।

ग्यालेक्सी एम २१ मा उत्कृष्ट सुपर एमोलेड ६.४ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेकोछ, जसले प्रयोगकर्ताहरूलाई जीवन्त दृश्यावलोकनको अनुभव प्रदान गर्दछ ।

यस फोनमा एक बहुआयामिक एवं शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली रहेको छ, जसले जस्तो सुकै अवस्थमा पनि आश्चर्यजनक फोटो खिच्ने क्षमता प्रदान गर्दछ । ग्यालेक्सी एम २१ को प्रमुख क्यामरा ४८ मेगापिक्सेलको साथ एफ २.० अपर्चरको साथ रहेको छ । यसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेराको साथ १२३ डिग्री फिल्ड अफ भ्यु रहेको छ, यसले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्दछ ।

तेस्रो ५ मेगापिक्सेल डेप्थ क्यामेराले प्रयोगकर्ताहरूलाई लाइभ फोकस शटहरूको छुट्टै वस्तु एवं पृष्ठभूमि कैद गर्न मद्दत गर्दछ । यसमा भएको २० मेगापिक्सल क्यामराको सुविधा एवं अन्य विभिन्न क्यामरा मोडहरुले ग्यालेक्सी एम २१ बाट उत्कृष्ट सेल्फी लिन सकिनेछ । ।

ग्यालेक्सी एम २१ मा सामसङको एक्सनोज ९६११ अक्टा कोर Exynos 9611 Octa-core प्रोसेसर रहेको छ जसले नकेवल राम्रो नेटवर्क स्पीड प्रदान गर्दछ, यसले सहज मल्टिटास्ङिको जीवन्त अनुभव पनि प्रदान गर्न सक्षम रहेको छ । यसको एक्सनोज ९६११ चिपसेटको साथ एआई पावर्ड गेमबुस्टरले फ्रेम दर र स्थिरतालाई अझै सुधार गर्दछ । प्रयोगकर्ताले आफ्नो मनपर्ने खेलहरू खेल्दा यो फोनले अत्यन्त कम पावर खपत गर्दछ ।

ग्यालेक्सी एम २१ दुई मेमोरी कन्फिगरेसनहरू ६/६४ जीबी र ६/१२८ जीबी मा उपलब्ध रहेका छन् ।

ग्यालेक्सी एम २१ को पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि छ यसले प्रयोगकर्तालाई अझै बढी सुरक्षा एवं सहजै अनलक गर्ने सुविधा प्रदान गरेको छ।

अलाइभ इन्टलिजेन्स
सामसङ ग्यालेक्सी एम२१ विभिन्न विषयवस्तु एवं एप्लिकेशनहरु सञ्चालन गर्दा अलाइभ (जीवन्त) अनुभव प्राप्त हुन्छ ।

यसमा भएको फाइन्डर जस्तो सुविधाले मोबइल फोनमा भएका विषयवस्तुहरुलाई तुरुन्तै खोज्न सकिने (जीवन्त) सुविधा प्रदान गरेको छ । यसको फाइन्डरको साथ प्रयोगकर्ताहरुले विषयवस्तु, इकमर्स, फुड तथा उपलब्ध ट्रभल डोमेनहरु सहजै खोज्न सक्नुहुने बताईएको छ ।

यसमा भएको अर्को स्मार्ट कर्प सुविधाले स्क्रिन सटहरुलाई अलाइभ (जीवन्ता) प्रदान गर्दछ । यसले स्वतः कर्प गरिएको विषयवस्तुको पहिचान गरी ब्लक/इमेजमा परिणत गर्दछ । सहज ट्याप, स्मार्ट कर्पको साथ सेभ गर्न सकिन्छ र यस्तो विषयवस्तु शेयर एवं सम्पादन गर्न पनि सकिने कम्पनीको भनाई छ ।

मूल्य
ग्यालेक्सी एम ३१ को ६/१२८ जीबी फोनको खरिद मूल्य ३० हजार ९९९ रुपैयाँ तथा ८/१२८ जीबी फोनको खरिद मूल्य ३५ हजार ६९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एम २१ मेमोरी अनुसार मूल्य तोकिएको छ, जस अनुसार ४/६४ जीबीको मूल्य २२ हजार ९९९ रुपैयाँ तथा ६/१२८ जीबीको मूल्य २७ हजार ४९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार