काठमाडौं ।
सोनीको नयाँ प्लेस्टेशनको सबैजना उत्सुकताका साथ पर्खिरहेको बेलामा कम्पनीले भने आफ्ना फ्यानहरुलाई अझ केहि समय कुराउने भएको छ । सोनीले गेमिङ्ग कन्सोल प्लेस्टेशन ५ यहि जून ४ तारिखमा लन्च गर्ने योजनासहित अनलाइन लन्च इभेन्ट राखेको थियो ।
तर अमेरिकामा जारी आन्दोलनका कारण त्यसमा असर परेकोछ ।किनकी कम्पनीले यसको अनलाइन इभेन्टलाई स्थगित गरेको छ ।
कम्पनीले आफ्नो ट्विटर एकाउन्टमा सो बारेमा जानकारी राखेपनि अर्को मिति कहिले हुने हो भन्ने स्पष्ट छैन् ।
कम्पनीले ट्विटरमा अमेरिकी आन्दोलनको बारेमा बोलेको छैन तर यो उपयुक्त समय नभएको उल्लेख गरेको छ ।
‘यो उत्सव मनाउने समय नभएको हामीले महशुस गरेका छौं र अब हामी पछाडी बस्न चाहन्छौं र महत्वपूर्ण आवाजहरुलाई सुनिनका लागि अनुमति दिनेछौं,’ कम्पनीले ट्वीटमा भनेको छ ।
— PlayStation (@PlayStation) June 1, 2020
सो इभेन्टमा सोनीले आफ्नो नयाँ गेम कन्सोल प्लेस्टेशन ५ र त्यसमा खेल्न सकिने गेमहरु सार्वजनिक गर्ने तयारी गरेको थियो ।
यसअघि नै कम्पनीले अश्वेत नागरिकहरुको आवाजलाई समर्थन गरेको थियो । र भेदभावको विरुद्धमा भएको बताएको थियो । एजेन्सीका साथ
प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार