Technology Khabar १९ जेष्ठ २०७७, सोमबार
काठमाडौं ।
अमेरिकामा अस्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी यातानाबाट मृत्युसँगै आन्दोलन र प्रदर्शनहरु हुँदै आएको छ । पछिल्लो दिनमा हिंसात्मक आन्दोलन समेत कतिपय शहरहरुमा भएका छन् ।
यहि समयबिचमा ह्याकिङ्ग ग्रुप एनोनिमस(Anonymous) सार्वजनिक भएको छ ।
ह्याकरहरुको संयुक्त समूहले अहिलेको अस्वेत नागरिकको हत्यालाई लिएर भएको घट्नामा अन्याय भएको विरोधमा विभिन्न साइबर आक्रमणहरु गर्न शुरु गरेको छ ।
वर्षौदेखि चुपचाप रहेको सो ह्याकिङ्ग ग्रुपले अहिलेको मिनियापोलिसमा भएको सो घट्नाको विरोधमा साइबर आक्रमण गर्न थालेको हो ।
सो समूहले हालै मात्र मिनियापोलिस पुलिस डिपार्टमेन्टको वेबसाइटलाई अस्थाईरुपमा बन्द गराएको थियो । सो वेबसाइट शनिवारदेखि डाउन रहेको थियो ।
अहिले सो वेबसाइट ठिक भएपछि भिजिटरहरुलाई अतिरिक्त सेक्यूरिटी लेभल राखिएको छ ।
सो ह्याकर समूहले सोशल मिडिया फेसबुक र ट्विटरमार्फत प्रहरीहरुले गरेको ज्यादती विरुद्द विभिन्न प्रमाणहरु सार्वजनिक गरिदिने चेतावनी दिएको छ ।
सो ग्रुपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी फाइनान्सर जेफरी इप्सटन र बेलायतीका राजकुमारी प्रिन्सेज डायनाको मृत्युको बारेमा कयौं प्रमाणहरु भएको दाबी गरेको छ । जसको बारेमा छिटै खुलासा गरिने बाईएको छ ।
सामाजिक संजालमा एनोनिमसको बारेमा चर्चा तिब्रगतिमा फैलिएको छ ।
एनोनिमस सामाजिक संजालमा एउटा भिडियो समेत पोस्ट गरेको छ जसमा कालो रंगको हुडी लगाएका एनोनिमसको पोस्टर युवा फक्सको सिलआउट समेत देखिएको छ ।
ह्याकर समूहले भिडियोमा प्रहरीले गरेको अन्य दमन कार्यहरुको बारेमा क्लिप समेत राखेको छ । र यो शुरुवात मात्र भएको बताएको छ ।
https://www.facebook.com/watch/?ref=external&v=285581555919237
ह्याक्टिभिस्टको कुनै एउटै अनुहार छैन्, र कुनै नेतृत्वपनि छैन् । यसको ट्यागलाइन वि आर लेगन अर्थात हामीहरु लस्कर हौं भन्ने रहेको छ ।
यसको कुनै केन्द्रिय कमाण्ड छैन भने जो कसैले पनि ग्रुपको एक भाग भएको दाबी गर्न सक्दछ । यसका सदस्यहरु विभिन्न स्थानमा छन भने उनीहरुको कुनै एउटा एजेण्डा हुँदैन् । एजेन्सीका साथ
प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार