एप्पलको नयाँ आईफोन १२ सिरिज सार्वजनिक हुने मिति पछाडी धकेलियो

  • Technology Khabar | १८ जेष्ठ २०७७, आईतवार
एप्पलको नयाँ आईफोन १२ सिरिज सार्वजनिक हुने मिति पछाडी धकेलियो

काठमाडौं ।

एप्पल आईफोन १२ को लन्च कुर्दै गरेकाहरुका लागि यो खराब समाचार हो। यसअघि आएको समाचारअनुसार एप्पलको नयाँ सिरिज आईफोन १२ सेप्टेम्बरमा लन्च हुनेछ, तर कोरोनाभाइरसको प्रकोपलाई ध्यानमा राखेर सो योजना नोभेम्बरसम्म स्थगित भएको छ।

इन्भेस्टमेन्ट बैंक कावेनको एक रिपोर्ट अनुसार एप्पलको दोस्रो त्रैमासमा आईफोन उत्पादन ३ करोड ५० लाख युनिट हुने अनुमान छ जुन पहिलो त्रैमासिकको तुलनामा ५ प्रतिशत कम हो । र गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत कम हो ।

विश्लेषकले उत्पादन आपूर्ति श्रृंखलामा सामान्यतया सामान्य उत्पादन दरमा फिर्ता आएको छ, तर लकडाउनको कारण मागमा अझै कमी आएको छ ।

कोवेनले दोस्रो क्वाटरमा एप्पल आईफोनको ढुवानी ३ करोड हुनेछ ।

हालैमात्र एप्पलले आधिकारीकरुपमा आईफोन एक्सआरको रिफर्बिस्ड यूनिटहरु बेच्न शुरु गरेको छ । एजेन्सी

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...