
काठमाडौं ।
भारतमा फाइल शेयरिंग वेबसाइट वीट्रान्सफरमा (We Transfer) रोक लगाउने सरकारले निर्देशन दिएको छ । हालै इन्टरनेट सेवा प्रदायकहरुलाई सुरक्षाको कारण सो वेबसाइटमा रोक लगाउन निर्देशन दिएको हो ।
यो आदेश दिल्ली प्रहरीको अनुरोधमा गरिएको रिपोर्टहरुमा बताईएको छ ।
भारतीय दूरसंचार विभागले १८ मे मा जारी गरेको आदेशमा इन्टरनेट सेवा प्रदायकहरुलाई नेदरल्याण्डको वेबसाइट वीट्रान्सफरमा भएको दुईवटा डाउनलोड लिंक र पुरै वेबसाइट वीट्रान्सफर डटकमलाई ब्लक गर्न भनिएको छ ।
दिल्ली प्रहरीले सूचना प्रसारण मन्त्रालयलाई सो अनुरोध गरेको थियो र यसै आधारमा यो आदेश जारी गरिएको रिपोर्टमा उल्लेख छ ।
मन्त्रालयले दूरसंचार विभागलाई इन्टरनेट सेवा प्रदायकहरुलाई सो वेबसाइट ब्लक गराउन भनेको थियो । सोहि आधारमा इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाईएको छ ।
कम्पनीले भारतमा आधिकारीकरुपमा ब्लक गरिएको जानकारी भएको भन्दै सेवाग्राहीहरुलाई भीपीएन प्रयोग गरेर वेबसाइट चलाउन भनेको छ ।
वीट्रान्सफरमा ठूला फाइलहरु शेयर गर्नका लागि सबैभन्दा लोकप्रिय वेबसाइट हो । यो नेदरल्याण्डको कम्पनी हो र विश्वभर यसका ५ करोड यूजर्स छन् । यो प्लेटफर्ममार्फत हरेक महिना करोडौं फाइलहरु ट्रान्सफर हुने गर्दछ । एजेन्सीका साथ
प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार