एप्पलले रिफर्बिस्ड आईफोन एक्सआर आधिकारीकरुपमा बिक्री गर्दै

  • Technology Khabar | १७ जेष्ठ २०७७, शनिबार

काठमाडौं ।

एप्पलले आफ्नो आईफोन एक्सआरलाई अहिलेसम्म आईफोन ११ को विकल्पको रुपमा सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा ल्याएको छ । कम्पनीले यसलाई ६०० अमेरिकी डलर तोकिएको छ।

कम्पनीले यसलाई आईफोन ११ भन्दा सस्तो बनाउन यसलाई १५० डलर कम मूल्यमा ल्याएको हो ।

अब भने यो आईफोन एक्सआरको रिफर्बिस्ड मोडल (कम्पनीले पुरानो सेटलाई आधिकारीकरुपमा मर्मत गरेर नयाँ जस्तै बनाउने) पनि एप्पलले आधिकारीकरुपमा बिक्री गर्ने भएको छ ।

कम्पनीले रिफर्बिस्ड आईफोन एक्सआरलाई न्यूनतम ५०० अमेरिकी डलरमा उपलब्ध गराएको छ । यो ६४ जिबीको स्टोरज अप्सनमा आउँछ भने यसमा १२८ जीबी र २५६जीबीको आईफोन एक्सआरपनि उपलब्ध गराएको छ जसको अधिकतम मूल्य ६२९ डलर रहेको छ ।

आईफोन एक्सआर फूल डिस्प्ले डिजाइनको आईफोन किन्न चाहने तर अधिक मूल्य तिर्न नसक्नेलाई उपयुक्त हुन्छ भने अहिलेको रिफर्बिस्ड आईफोन अझ सस्तो मूल्यमा उपलब्ध भएकोछ ।

यदि तपाईँपनि यो रिफर्बिस्ड आईफोन एक्सआर किन्न चाहनुहुन्छ भने तपाईँले एप्पलको वेबसाइट एप्पल डटकममा जान सक्नुहुनेछ ।

हाल यो सुबिधा अमेरिकामा मात्र उपलब्ध रहेको छ ।

प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया