भारतमा ११ अंकको मोबाइल नम्बर बनाउने प्रस्ताव, ल्याण्डलाइनमा पनि परिवर्तनको योजना

  • Technology Khabar | १७ जेष्ठ २०७७, शनिबार
भारतमा ११ अंकको मोबाइल नम्बर बनाउने प्रस्ताव, ल्याण्डलाइनमा पनि परिवर्तनको योजना

काठमाडौं ।

भारतीय टेलिकम नियामक प्राधिकरण (ट्राई) ले देशमा मोबाइल फोन नम्बर परिवर्तन गर्ने योजनामा विचार गरिरहेको छ। शुक्रबार भारतमा ११ अंकको मोबाइल नम्बर प्रयोग गर्ने प्रस्ताव जारी गरिएको छ।

भारतमा अहिलेको मोबाइल नम्बर आगामी दिनहरुमा अपुग हुने भएको भन्दै देशभर ११ अंकको मोबाइल नम्बर बनाउनुपर्ने बताएको छ।

ट्राईकाअनुसार अहिलेको १० डिजिटको मोबाइल नम्बरलाई ११ डिजिट मोबाइल नम्बरमा परिवर्तन गर्दा अझ बढी मोबाइल नम्बर देशमा उपलब्ध हुन सक्नेछ।

ट्राईले आफ्नो प्रस्तावमा भनेको छ कि यदि देशको मोबाइल नम्बरको पहिलो अंक ९ राखिएमा १० देखि ११ अंकको मोबाइल नम्बरमा स्विच हुँदा मुलुकमा १००० करोड नम्बरको कुल क्षमता पुर्‍याउनेछ । ट्राईका अनुसार ७० प्रतिशत उपयोग र हालको नीतिका साथमा भारतमा ७०० करोड कनेक्सन भए पर्याप्त हुनेछ ।

यस बाहेक, ट्राईले फिक्स्ड (ल्याण्ड) लाइनबाट कल गर्ने क्रममा मोबाइल नम्बरको अगाडि ० (शुन्य) राख्न पनि प्रस्ताव गरेको छ।

भारतमा हाल फिक्स्ड लाइन जडानबाट अन्तर-सेवा क्षेत्र मोबाइल कल गर्नका लागि अगाडी शुन्य राख्नु आवश्यक छ। तर मोबाइलबाट ल्याण्डलाईनमा कल गर्दा ० शुन्य बिना पनि गर्न सकिन्छ।

ट्राईले नयाँ नेशनल नम्बरिङ्ग योजनाको पनि सुझाव गरिएको छ जुन चाँडै उपलब्ध गराउनुपर्नेछ। साथै ट्राईले डोङ्गलहरूको लागि प्रयोग हुने मोबाइल नम्बर १० अंकबाट बढाएर १३ अंकमा बढाउने सुझाव दिएको छ। एजेन्सीका साथ

प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...