सामसङले झिक्न सकिने ‘रिमुभेवल’ ब्याट्री भएको बजेट स्मार्टफोन ल्याउँदै

  • Technology Khabar | १७ जेष्ठ २०७७, शनिबार
सामसङले झिक्न सकिने ‘रिमुभेवल’ ब्याट्री भएको बजेट स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

मोबाइल फोन निर्माता कम्पनी सामसङले शुरुवाती समयहरुमा मोबाइल फोनमा झिक्न सकिने र फेर्न सकिने ब्याट्री राख्ने गरेको थियो । जून करिब १ दशकदेखि भने त्यसमा परिवर्तन गर्दै ब्याट्री झिक्न नमिल्ने अर्थात नन रिमुभेवल ब्याट्री प्रयोग गरिरहेको छ ।

झिक्न मिल्ने ब्याट्री स्मार्टफोनमा हुँदा ग्राहकहरु आफैंले नयाँ ब्याट्री फेर्न सक्ने थिए । तर अहिलेका सामसङका अधिकांश फोनहरुमा रिमुभेवल ब्याट्री प्रयोग गरिन्छ ।

अब कम्पनीले फेरी झिक्न मिल्ने ब्याट्रीसहितको फोनहरु ल्याउने तयारी गरेको हो ।

हालै आएको रिपोर्टअनुसार कम्पनीले आफ्ना स्मार्टफोनहरुमा फेर्न सकिने ब्याट्री राख्ने भएको हो ।

तर यो यस्तो ब्याट्री फ्ल्यागशिप स्मार्टफोनहरुमा नभई आफ्नो सस्तो स्मार्टफोनहरुमा प्रयोग गर्ने भएको हो ।

हालै सार्वजनिक नभएको डिभाइस देखिएको छ । जसको मोडल नम्बर एसएम ए०१३एफ रहेको छ । यो स्मार्टफोनमा झिक्न र फेर्न सकिने ब्याट्री उपलब्ध हुनेछ । यो ब्याट्री ३,००० एमएएच क्षमताको हुनेछ ।

अहिले पनि सामसङ ग्यालेक्सी एक्सकभर सिरिजमा फेर्न सकिने ब्याट्रीहरु सहित स्मार्टफोन बनाउँछ तर यो धेरै उपयोगमा भने आएको छैन् । यो सिरिज विशेष किसिमले प्रयोग गर्नेगरि बनाईएको हो ।

अब भने कम्पनीले सार्वजनिक रुपमा नै सबैको लागि ग्यालेक्सी ए सिरिजको सस्तो बजेट स्मार्टफोनमा फेर्न सकिने ब्याट्री राख्ने भएको साम मोबाइलको रिपोर्टमा उल्लेख छ ।

यो स्मार्टफोन संभवत १६ जीबी र ३२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने यो यूरोप र एशियाका बजारमा आउनेछ ।

यससँगै के सामसङ फेरी फेर्न सकिने ब्याट्री डिजाइनका स्मार्टफोनहरुमा जान लागेको हो भन्ने जिज्ञासा उब्जाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...