
काठमाडौं ।
विद्युतीय सवारीसाधनमा लाग्ने करहरुको दरमा आगामी बजेटमा सरकारले परिमार्जन गरेको छ । सरकारले यस अघि पेट्रलियम पदार्थको खपत न्यूनिकरण गर्न इलेक्ट्रिक गाडिलाई प्राथमिकताका दिँदैआएपनि आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटबाट ४० प्रतिशत भन्सार र क्षमताको आधारमा ३० देखि ४० प्रतिशतसम्म अन्तशुल्क कर लगाउने निर्णय गरेको छ ।
सरकारले इलेक्ट्रिक गाडिमा ८० प्रतिशत भन्सारदर कायम गर्दै त्यसमा ५० प्रतिशत छुट दिएको हो।
बजेटमार्फत सरकारले क्षमताको आधारमा ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाएको छ भने ५० देखि १०० किलोवाटसम्मका मोटर भएका कारमा ४० प्रतिशत, १ सयदेखि १५० किलोवाटसम्मका कारमा ५० प्रतिशत अन्तःशुल्क लगाएको छ ।
यस्तै १५० देखि २०० किलोवाट क्षमताका मोटर जडित इलेक्ट्रिक कारमा ६० प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्मका कारमा ७० प्रतिशत र त्यसभन्दा माथिका कारमा ८० प्रतिशत अन्तःशुल्क तोकेको छ ।
यसअघि इलेक्ट्रिक भेहिकलमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत मात्रै सडक दस्तुर सरकारले लिँदै आएको थियो ।
प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार