
काठमाडौं ।
भिडियो शेयरिग प्लेटफर्म टिकटकको मुख्य कम्पनी बाईटडान्सले बजामा निकै राम्रो गरिरहेको छ ।
विभिन्न विवादका बिचपनि कम्पनीको वित्तीय अवस्थासमेत राम्रै रहेको देखिएको छ।
टिकटक र यसको चिनियाँ भर्सन डोयुङ्गका विश्वभर ३१ करोड ५० लाख भन्दा बढि यो वर्षको पहिलो त्रैमासिकमा डाउनलोड भईसकेको छ । यो सबैभन्दा धेरै आम्दानी गर्ने एपमा पनि अप्रिल २०२० मा परेको थियो ।
टिकटकका साथै बाइटडान्सले पनि बजारमा राम्रो गरिरहेको छ । हालै आएको रिपोर्टअनुसार बाइटडान्सले गत वर्ष १७ अर्ब डलर आम्दानी गरेको थियो भने खुद नाफा नै ३ अर्ब डलर कमाएको थियो ।
यो डाटासँगै बाईटडान्सलाई विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप बनाएको छ,जून तिब्रगतिमा वृद्धि भईरहेको छ ।
बाईटडान्सको गतवर्षको आम्दानी अधिल्लो वर्षको तुलनामा दोब्बरले बढि हो ।
बाईटडान्सअन्तरगतका विभिन्न एप्सहरुको सक्रिय प्रयोगकर्ताहरु १ अर्ब ५० करोड पुगिसकेका छन् ।
बाईटडान्सले अमेरिकी सोशल प्लेटफर्महरु फेसबुक र अल्फाबेटलाई समेत चुनौती दिईरहेको छ ।
हालैमात्र बाईटडान्सले पहिलोपटक टिकटकका लागि केभिन मायेरलाई सिईओ नियुक्त गरेको थियो । एजेन्सीका साथ
प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार