चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सन् २०२१ देखि फोरजी फोनहरु नबनाउने

  • Technology Khabar | १६ जेष्ठ २०७७, शुक्रबार
चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सन् २०२१ देखि फोरजी फोनहरु नबनाउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले सन् २०२० पछि आफ्नो ४जी स्मार्टफोन उत्पादन बन्द गर्ने भएको छ ।

कम्पनीले यो सँगै आगामी सन् २०२१देखि पुरै ५जी स्मार्टफोनहरु मात्र निर्माण गर्नेछ ।

शाओमीका सिईओ ली जूनले आगमी वर्षदेखि ५जी प्रविधिमा आधारित स्मार्टफोन मात्र बनाउने बताएका हुन् । उनले कोरोना भाइरसद्धारा फैलिएको महामारीका बिच ५जी प्रविधिमा आधारित फोनहरु लन्च गर्ने योजना प्रभावित भएको बताए ।

तर हाम्रो ५जी प्रविधिमा आधारित स्मार्टफोनहरुले विश्वभर ठूलो परिवर्तन ल्याउनेछ, सिईओ ली जूनले भने ।

चीनबाट शुरु भएको कोभिड १९ का कारण मोबाइल फोनको उत्पादन ठप्पभएको थियो भने हाल विश्वभर फैलिएको सो महामारीले गर्दा कारोबार ठप्प जस्तै रहेको छ। त्यसैले कयौं कम्पनीहरुले आफ्नो तोकिएको योजनाभन्दा पछाडि गएर मोबाइल फोनहरु उत्पादन र लन्च गरिरहेका छन् ।

यहि बेलामा शाओमीले भने केबल ५जी मोबाइल फोनमा मात्र ध्यान दिने उल्लेख गरेको हो ।

चीनमा ५जी प्रविधि अधिकांश शहरहरुमा उपलब्ध भईसकेको हुँदा चिनियाँ कम्पनीहरुले ५जी प्रविधिका फोनमा जोड दिईरहेका छन् । त्यसैगरि यूरोपेली मुलुकहरुमा पनि ५जी नेटवर्क बिस्तार हुँदैछ ।

छिमेकी मुलुकहरु चीनमा ५जी नेटवर्क उपलब्ध भईसकेको र भारतमा पनि ५जी प्रविधि आगामी २ वर्षभित्र आउने तयारी गरिरहेको बेला नेपालमा भने ५जी प्रविधि कहिले आउँछ निश्चित छैन् ।

यदपी सरकारले नेपाल टेलिकमको अहिलेको ४जी बिस्तार सकिएलगत्तै काठमाडौं र बिराटनगरमा ५जीको परीक्षण नेटवर्क बनाउने घोषणा गरिएको थियो ।

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार