साइबर सुरक्षालाई आगामी बजेटमा जोड दिईयो, साइबर सुरक्षा केन्द्र स्थापनाको तयारी गरिने

Technology Khabar १६ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं ।

देशभर पछिल्लो समयमा बढिरहेको साइबर चुनौती र जोखिमलाई ध्यानमा राखेर सरकारले आगामी बजेटमा साइबर सुरक्षामा विशेष योजनासहित बजेट ल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा साइबर चुनौतीहरुको सामना गर्न नयाँ योजनाहरु ल्याएको घोषणा गरेका हुन् ।

सरकारले साइबर सुरक्षाको जोखिम पहिचान, असर न्यूनीकरण गर्न र त्यसलाई तत्काल सम्बोधन गर्ने बजेटमा उल्लेख गरेको छ ।

त्यसैगरि साइबर जोखिमलाई तत्काल न्यूनिकरण गर्नका लागि आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर फोरेन्सिक ल्याबको स्तरोन्नति गरिने उल्लेख छ ।

यसबाहेक सरकारले बजेटमार्फत छुट्टै साइबर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको छ ।

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया