Technology Khabar १६ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षदेखि स्मार्ट वाचमा अन्तशुल्क कर असुल गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले स्मार्ट घडीमा थप १५ प्रतिशत अन्तशुल्क कर लगाउने भएको हो ।
यसका साथै सरकारले मोबाइल फोनमा लाग्दै आएको अन्तशुल्कलाई समेत कायमै राखेको छ । मोबाइल फोनहरुमा २.५ प्रतिशत अन्तशुल्क लाग्नेछ ।
मोबाइल फोनहरुमा दुईवर्षअघि सरकारले ५ प्रतिशत अन्तशुल्क कर लगाएको थियो तर चालु आवको बजेमा भने त्यसलाई घटाएर २.५ प्रतिशतमा झारिएको थियो । आगामी बजेटमा पनि त्यसलाई निरन्तरता दिईएको छ ।
सरकारले पहिलो पटक स्मार्ट वाचमा अन्तशुल्क कर लिने घोषणा गरेको हो । यसअघि स्मार्ट वाचको लागि छुट्टै व्यवस्था थिएन । अबदेखि स्मार्ट वाच कारोबारमा १५ प्रतिशत अन्तशुल्क लाग्नेछ ।
यसका साथै सरकारले माेबाइल फोन प्रयोगकर्ताहरुले अत्यधिक प्रयोग गर्ने पावर बैंकमा पनि अन्तशुल्क कर तोकेको छ । सरकारले पावर बैंकमा १० प्रतिशत अन्तशुल्क लिनेछ ।
स्मार्ट वाचमा १५ प्रतिशत अन्तशुल्क लिएपनि भन्सार शुल्क भने छुट गरिएको छ । तर पावर बैंकमा भने भन्सार शुल्क १५ प्रतिशत लिईने उल्लेख छ।
यसबाहेक सरकारले मोबाइल फोनको लागि आवश्यक पर्ने बेस स्टेशनमा लगाउँदै आएको ५ प्रतिशत अन्तशुल्कलाई भने कायमै राखेको छ ।
प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार