इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक डिभाइन स्ट्रिमले हटायो १५० कर्मचारी

  • Technology Khabar | १६ जेष्ठ २०७७, शुक्रबार
इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक डिभाइन स्ट्रिमले हटायो १५० कर्मचारी

काठमाडौं ।

इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनी डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी) ले लकडाउनका कारण कम्पनीको कारोबार ठप्प हुँदा नोक्सानीमा गएको भन्दै १५० भन्दा बढी कर्मचारीलाई हटाएको छ ।

वेबसर्भर नेपाल कम्युनिकेशन सिस्टम प्रालिको समेत स्वामित्व लिएको तथा स्काइ डिजिटल टिभी खरिद गरेको कम्पनीले हालै लकडाउनका कारण कारोबार ठप्प भएको कारण देखाएर कर्मचारी निकालेको हो ।

‘कम्पनीले लकडाउनका कारण सम्पूर्ण व्यापार एवं कारोबार ठप्प रहेकोले कम्पनीका कार्यरत कर्मचारीसमेत सेवामा आउन नसकेको र अधिकांश कर्पोरेट ग्राहकले सेवा लिन अस्वीकार गरेको, कम्पनीबाट सञ्चालनमा रहेका सम्पर्क कार्यालय अधिकांश बन्द भएको, ग्राहकबाट रकम नउठेकोलगायतका कारणबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भई कर्मचारीहरुलाई तलब खुवाउन समेत नसकिने अवस्था भएको,’ डिभाइन स्ट्रिमका अध्यक्ष होम पाण्डेद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

पत्रमा दुई वटा कम्पनीहरु (मेरो टिभी र स्काइ टिभी) गाभिएका कारणले ओभर स्टाफ भएको र कम्पनी सञ्चालक समितिले कर्मचारी कटौती गर्ने निर्णय गरेको उल्लेख छ ।

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...