मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क, प्रत्येक रिचार्जबाट २ प्रतिशत सरकारले लाने

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क लिने भएको छ।

सार्बजनिक गरिएको बजेटमा आगामी आवदेखि २ प्रतिशत स्वामित्व कर लगाएको हो । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा सो कर लगाईएको हो ।

यस्तो कर यस अघि पोस्टेपेड मोबाइल र ल्याण्डलाइन टेलिफोनमा मात्र लाग्दै आएको थियो ।

तर अब भने पोस्टेपेड मोबाइल र ल्याण्डलाइन टेलिफोनसहित प्रिपेड मोबाइल सेवा र रिचार्ज कार्डमा समेत स्वामित्व कर लाग्ने भएको हो ।

टेलिफोन जडान गर्ने प्रत्येक ग्राहकले टेलिफोन स्वामित्व शुल्क वापत पाँच सय रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरि अब प्रत्येक रिचार्जमा सरकारले २ प्रतिशत शुल्क लिनेछ ।

टेलिफोन नामसारी भई स्वामित्व परिवर्तन भएको अवस्थामा नयाँ स्वामित्व प्राप्त व्यक्तिबाट समेत त्यस्तो शुल्क असुल गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

विधेयकका अनुसार त्यस्तो शुल्क प्रतेक महिनाको असुल गरि अर्को महिनाको २५ गते भित्र राजस्व खातामा दाखिला गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र राजस्व दाखिला नगरेमा सरकारले १५ प्रतिशत ब्याजसहित असुल गर्नेछ ।

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया