मोबाइल एप्समार्फत साना करदाताले कर बुझाउनसक्ने, विद्युतीय भुक्तानीमा अग्रिम कर कट्टी नहुने

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं ।

सरकारले आगामी आवको बजेटमार्फत वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले आय बिबरण र कर मोबाएल एप्समार्फत बुझाउन सकिने सुबिधा दिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा सरकारले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट आय बिबरण र कर बुझाउन सक्ने र बैंक मार्फत कर भुक्तानी गर्दा आय बिबिरण समेत बुझाउन सक्ने व्यवस्था मिलाउने घोषणा गरे ।

बक्यौता नरहेका करदाताले पेश गरेको आय विवरणअनुसारको कर भुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट करदाता स्वयंमले लिन पाउने व्यवस्था मिलाएको छ ।

त्यसैगरि उपभोक्ताले वस्तु तथासेवा खरिदको भुक्तानी विद्युतीय उपकरणमार्फत गर्दा प्रोत्साहन स्वरुप प्राप्त हुने रकममा अग्रिम कर कट्टी गर्नुनपर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया