फिक्स्ड इन्टरनेट सेवाको ५० प्रतिशत मर्मत सेवा शुल्कमा दूरसंचार सेवा शुल्क छुट

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं ।

सरकारले दूरसंचार सेवाअन्तरगतकाे फिक्स्ड इन्टरनेट सेवाको मर्मत सेवा शुल्कमा लाग्दै आएको दूरसंचार सेवा शुल्कमा छुट दिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गर्दै इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने फिक्स्ड इन्टरनेट सेवाको मर्मत सेवा शुल्कमध्ये ५० प्रतिशत सम्मको मर्मत सेवा शुल्कमा दूरसंचार सेवा छुट दिएको घोषणा गरेका हुन् ।

यसअघि दूरसंचार सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क लाग्दै आएको थियो । तर सेवा प्रदायकहरुले भने मर्मत संभार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने दाबी गर्दै आएका थिए ।

यसले इन्टरनेटसहितको दूरसंचार सेवा सस्तो हुनसक्नेछ।

*हेडलाइन तथा समाचार सम्पादित

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया