ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्गलाई दोहोरो अपराधीकरणमा मुद्धा चलाउन सकिने निर्णय

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं ।

क्यानाडाको अदालतले ह्वावे टेक्नोलोजीजकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउलाई दोहोरो अपराधीकरण (double criminality) मा मुद्धा चलाउन सकिने निर्णय गरेको छ ।

क्यानाडाको ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतले हिजो एक निर्णय गदैृ उनलाई क्यानाडा र अमेरिका दुबै स्थानमा मुद्धा चल्नसक्नेगरि दोहोरो अपराध गरेको अभियोगमा मुद्धा चलाउन सकिने बताएको छ ।

यो नयाँ निर्णयसहित अब ह्वावेकी प्रमुख कर्मचारीमध्येकी एक मेङ्गलाई अमेरिकामा पनि मुद्धाको सुनुवाई गर्न सकिनेछ ।

यसअघिदेखि नै अमेरिकाले आफ्नो प्रतिबन्धका बाबजुद इरानलाई सहयोग गरेको भन्दै मेङ्गलाई अमेरिका पठाउनुपर्ने भन्दै आएको छ । उनलाई बैंक ठगिको समेत आरोप लाग्दै आएकोछ ।

उनको पक्राउसँगै अमेरिका, क्यानाडा र चीनबिच आरोप प्रत्यारोप लाग्दै आएको छ ।

चीनले भने यसलाई राजनीतिक रुप दिईएको बताउँदै आएको छ ।

गत जनवरीमा भएको चारदिने सुनुवाईपछि बुधबार क्यानाडाका न्यायाधिश हिदर होल्मले सो निर्णय सुनाएका थिए । उनले अमेरिकी आरोप क्यानाडेली प्रत्यपर्ण मानक प्राप्त गर्ने भन्दै डबल क्रिमिनालिटीको ठहर गरेका थिए ।

तर यो निर्णयले मेङ्ग दोषि भएको वा निर्दोष भएको भन्ने कुनै निर्धारण गरेको छैन् । केवल उनको कार्यलाई क्यानाडेली कानूनअन्तरगत अपराध मानिन सक्नेछ ।

यसअघि मेङ्गले उनलाई गैरकानूनीरुपमा, पक्राउ गरिएको, खानतलासी गरिएको र क्यानाडेली सीमा अधिकारीहरुले पक्राउको बेलामा केरकार गरेको दाबी गर्दै आएकि छिन् । उनका वकिलहरुले भने उनी विरुद्धको आरोपहरुलाई खण्डन गर्दै आएका छन् ।

क्यानडाको न्याय विभागले अर्को सुनुवाई यो वर्षमा नै पछि हुने बताएको छ ।

ह्वावेका संस्थाफक रेन झेङ्गफेईकी छोरी मेङ्गलाई अमेरिकी आग्रहमा सन् २०१८ डिसेम्बरमा क्यानाडाको भ्यानकुभर एयरपोर्टबाट पक्राउ गरिएको थियो । जहाँ उनलाई आफ्नो पासपोर्टहरु बुझाउन भनिएको थियो भने उनलाई शहरबाट बाहिर जान रोक लगाईएको छ ।

उता अमेरिकी अधिकारीहरुले भने मेङ्गलाई सुपुर्दगी गर्न माग गर्दै आएका छन् । उनलाई एचएसबिसी बैंकसँगको सम्बन्धमा धोकाधडी गरेको आरोप लगाईएको छ भने इरानमा आधारित स्काइकमसँगको ह्वावेको सम्बन्धमा आरोपित भएको बताईँदै आएकोछ । एजेन्सीका साथ

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया