गूगलले आफ्ना कार्यालयहरु पुन: खोल्न शुरु गर्दै, प्रत्येक कर्मचारीलाई १ हजार डलर भत्ता दिने

  • Technology Khabar | १४ जेष्ठ २०७७, बुधबार
गूगलले आफ्ना कार्यालयहरु पुन: खोल्न शुरु गर्दै, प्रत्येक कर्मचारीलाई १ हजार डलर भत्ता दिने
फाइल

काठमाडौं ।

सर्च इन्जिन कम्पनी गूगलले आफ्ना विश्वभरका कार्यालयहरु संचालन गर्ने योजना ल्याएको छ ।

अल्फाबेट इंक अन्तरगतको कम्पनी गूगलले आउँदो जुलाई ६ देखि करिब १० प्रतिशत क्षमतामा अधिक कार्यालयहरु संचालन गर्ने बताएको छ ।

यदि अवस्था ठिक भएमा कम्पनीले आगामी सेप्टेम्बरसम्म त्यसलाई बढाएर करिब ३० प्रतिशत पुर्याउनले लक्ष्य लिएको छ ।

गूगलले यसका साथै आफ्ना प्रत्येक कर्मचारीहरुलाई १ हजार डलर वा सो बराबरको भत्ता रकम कर्मचारी भएको देशअनुसार दिनेछ । सो रकम उनीहरुले आफ्नो लागि आवश्यक उपकरणहरु र कार्यालयको फर्निचरहरु खरिद गर्न सक्नेछन् । जसले गर्दा यो वर्षभरी घरबाटै का मगर्नेहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

यो वर्ष कार्यालयहरुमा अत्यावश्यक कामका लागि सिमित कर्मचारीहरु मात्र हुने र उनीहरुपनि सिमित मात्रामा, चक्रिय आधारमा मात्र उपस्थित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले ब्लग पोस्टमा भनेका छन्। एजेन्सीका साथ

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार