Technology Khabar १४ जेष्ठ २०७७, बुधबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पहिलो स्मार्ट टिभी भारतीय बजारबाट सार्वजनिक गरेको छ । यस टिभीको साथ कम्पनीले रियलमी वाच र रियलमी बड्स एयर नियो पनि प्रस्तुत गरेको छ ।
चिनियाँ स्मार्टफोन निर्माता यी उत्पादनहरूका आधारमा एक नयाँ सेगमेन्टमा प्रवेश गरेको छ । वास्तविकतारुपमा रियलमी स्मार्टफोन र अडियो खण्डमा पहिले नै रहेको थियो तर अब रियलमी टिभी र रियलमी वाचको साथ, यो टेलिभिजन र स्मार्टवाच क्षेत्रमा पनि आएको छ ।
रियलमी स्मार्ट टिभी दुई आकारमा उपलब्ध छ, जसमा ३२ इन्च रियालमी स्मार्ट टिभीको रिजोलुसन १३६६×७६८ पिक्सेल (एचडी-रेडी) छ र ४३ इन्च भेरियन्टको रिजोलुसन १९२०×१०८० पिक्सल (फुल-एचडी) छ । स्क्रिन आकार र रिजोलुसन बाहेक, दुबै भेरियन्टहरू समान विशिष्टता र सुविधाहरूका साथ आउँदछन्।
रियलमीको पहिलो स्मार्ट टिभी एन्ड्रोइड टिभी ९ पाईमा संचालन हुन्छ । यी एन्ड्रोइड टिभीहरूले गूगल प्ले स्टोर र केही एपहरू जस्तै नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र यूट्यूब समावेश गरेको जुन टेलिभिजनमा प्रि इन्स्टल भएर आउँछन।
रियलमी स्मार्ट टिभीका अन्य विशिष्टताको बारेमा कुरा गर्दै, यस स्मार्ट टिभीले मिडियाटेक एमएसडी ६६८३ प्रोसेसरमा काम गर्दछ । यस बाहेक यससँग १ जीबीको र्याम र ८जीबी आन्तरिक भण्डारण छ । यसले एचडीआर १० सपोर्ट गर्दछ ।
रियलमे स्मार्ट टिभीको ३२ इन्च भेरियन्टको मूल्य १२,९९९ र ४३ इन्च भेरिएन्टको २१,९९९ भारु तोकिएको छ। यो अनलाइन र अफलाइन दूबैमा उपलब्ध हुने बताईएको छ ।
यसले भारतीय बजारमा अर्को चिनियाँ स्मार्ट टिभी ब्राण्ड शाओमीलाई कडा प्रतिस्पर्धा दिनेछ । एजेन्सीका साथ
प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार