ई-कमर्स कम्पनी अमेजनद्धारा भारतमा फूड डेलिभरी सेवा शुरु

  • Technology Khabar | १० जेष्ठ २०७७, शनिबार
ई-कमर्स कम्पनी अमेजनद्धारा भारतमा फूड डेलिभरी सेवा शुरु

काठमाडौं ।

ई-कमर्स कम्पनी अमेजनले भारतीय खाद्य बजारमा सेवा शुरु गरेको छ।

अमेजन फूडको नाममा यसले भारतीय ग्राहकहरुका लागी डेलिभरी सेवा शुरू गरेको छ। यो सेवा शुरु भएसँगै दुई ठूला अनलाइन फूड डेलिभरी कम्पनीहरुसंग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

हाल अमेजनले आफ्नो सेवा दक्षिण भारतको बेंगलुरु शहरबाट शुरू गरेको हो। ई-कमर्स कम्पनीले गत बर्ष आफ्नो  फूड डेलिभरी सेवा सुरू गर्ने उद्देश्य राखेको थियो। तर केहि कारणहरूले यो सम्भव हुन सकेको थिएन्।

उनले एक विज्ञप्ति जारी गर्दै उपभोक्ताहरूको मागले गर्दा फूड डेलिभरी सेवा सुरू गरिएको बताएको छ।

‘ग्राहकहरूले भनेका थिए कि उनीहरूको अन्य सामान किन्नको लागि मनपर्ने प्लेटफर्म अमेजन हो, तर अब उनीहरू घरैमा फूड डेलिभरी सेवा पनि चाहन्छन्।’ कम्पनीले उल्लेख गरेको छ ।

अमेजन फूडले ग्राहकहरुलाई स्थानीय रेस्टुरेन्ट र क्लाउड किचेनबाट बनाएको खाना प्रदान गर्दछ।

विज्ञहरूका अनुसार अमेजनले भारतीय बजारमा फूड डेलिभरी सर्भिसमा स्विगी र जोमाटो विरूद्ध कडा प्रतिस्पर्धा गर्नुपर्नेछ। एजेन्सीका साथ

प्रकाशित: १० जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...