Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं ।
कोभिड-१९ महामारीका कारणले सोशल मिडिया कम्पनी फेसबुकले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्नेगरि वर्क फ्रम होमको सुबिधा दिएको छ ।
यहि विषयमा कम्पनीका सिईओ मार्क जूकरबर्गले आगामी ५ देखि १० वर्षभित्र करिब ५० प्रतिशत कर्मचारीहरु घरबाटै कामगर्नसक्ने विचार राखेका छन् ।
उनले फेसबुकका कर्मचारीहरुसँग लाइभ कुराकानी गरिएको बारे आफ्नो फेसबुक पोस्टमार्फत जानकारी दिँदै फेसबुकले अग्रगामी कदमसहित यस योजनामा काम गरिरहेको बताए ।
फेसबुकका मार्कले रिमोट वर्कको निकै फाईदा रहेको भन्दै, यसले प्रतिभाहरुलाई ठूला शहरहरुमा भएका परम्परागत टेक हबहरुभन्दा बाहिरबाट पहुँच दिने बताए ।
‘र यसले आर्थिक अवसरलाई देशभरी र विश्वभर फैलाउन सहयोग गर्नेछ, त्यसैबेला यसले हामीलाई थप बिबिधिकरणसहितको कम्पनी बनाउन सहयोग गर्दछ,’ उनले भने ।
कम्पनीका ४८ हजार कर्मचारीहरु विश्वभर अहिले रिमोर्ट वर्क गरिरहेका छन भने आगामी १० वर्षभित्र कम्तिमा ५० प्रतिशत कर्मचारीहरु घरबाटै काम गर्नसक्ने अनुमान गरिएको छ ।
उनले कर्मचारीहरुलाई वर्क फ्रम होमको बारेमा सोधिएको र आधा भन्दा धेरैले उनीहरु कार्यालयमा जस्तै उत्पादनशिल भएको बताएका थिए ।
जूकरबर्गकाअनुसार करिब ४० प्रतिशत कर्मचारीहरु पुरै समय रिमोट वर्कमा रहन चाहेका छन भने ५० प्रतिशत भन्दा बढि कर्मचारीहरु छिटो भन्दा छिटो कार्यालयमा आउन चाहेको उल्लेख छ ।
त्यसैगरि बाहिरबाट नै कामगर्न चाहनेमध्ये करिब ७५ प्रतिशतले अर्को स्थानमा जान चाहेको उल्लेख गरेका थिए भने त्यसमध्येका पनि करिब ३८ प्रतिशतले ठूलो शहरहरुमा जान चाहेको बताएका थिए ।
वर्क फ्रम होमको सकारात्मक पक्ष भएपनि बालबालिकाहरु घरमा हुनुले अभिभावकलाई थप समस्या हुनसक्ने आशंका गरेका छन् । त्यस्तै काम र घरबिच फरक नहुन सक्ने तथा मानिसहरु सामाजिक नहुने उनको अनुमान छ ।
प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार