प्रहरीलाई हातपात गर्ने भीभो मोबाइलका कर्मचारीसहित चार चिनियाँ धरौटीमा रिहा

  • Technology Khabar | ९ जेष्ठ २०७७, शुक्रबार
प्रहरीलाई हातपात गर्ने भीभो मोबाइलका कर्मचारीसहित चार चिनियाँ धरौटीमा रिहा
फाइल तस्विर

काठमाडौं ।

आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शनको क्रममा पक्राउ परेका भीभो मोबाइल ब्राण्डका कर्मचारीसहितका ४ चिनियाँहरु धरौटीमा छुटेका छन् ।

गत बैशाख २६ गते प्रदर्शनको क्रममा  निषेधित क्षेत्रमा प्रदर्शन गरेको र प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ परेका ४७ जना चिनियाँ नागरिक मध्ये ४ जना भने थुनामा नै रहेका थिए ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारले उनीहरुका विरुद्ध अभद्र व्यवहारको मुद्धा लगाएको थियो । उनीहरुले प्रहरीमाथि हातपात गरेको अभियोग थियो ।

सोहि अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीहरु ४ जनालाई नै बुधबार धरौटीमा रिहा गरिदिएको हो ।

महानगरीय प्रहरी परिसरकाअनुसार ४ जनालाई नै जनही पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरिएको सेतोपाटिले उल्लेख गरेको छ।

आन्दोलन गरेर पक्राउ परेकामध्येका केहि चिनियाँ नागरिकहरु भीभो मोबाइल ब्राण्डसँग आबद्ध कर्मचारी भएको तत्कालिन समयमा खुलासा भएको थियो ।

प्रहरीले दिएको जानकारीअनुसार अभद्र व्यवहारको मुद्धामा थुनामा नै रहेकामा लीयो लाउ, ग्याभीड र जिङ्गजाङ्गथा र गीगनानी रहेका थिए ।

यसमध्ये लीयो लाउ र ग्याभीड भने भीभो मोबाइलको नेपालस्थित कार्यालयमा उच्च तहमा कार्यरत रहेको स्रोतहरुले टेक्नोलोजीखबरलाई बताएका थिए ।

शुक्रबारको प्रर्दशनमा प्रहरीलाई हातपात गर्नेहरु चिनियाँ मोबाइल ब्राण्डका कर्मचारी भएको खुलासा

सामाजिक संजालमा समेत नेपालमा व्यवसाय गर्न आएका उनीहरुले प्रहरीमाथि गरेको दूर्व्यवहारको चर्को आलोचना भएको थियो ।

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया