सामसङले ग्यालेक्सी नोट २० सिरिज अनलाइन इभेन्टमार्फत सार्वजनिक गर्ने

  • Technology Khabar | ८ जेष्ठ २०७७, बिहीबार
सामसङले ग्यालेक्सी नोट २० सिरिज अनलाइन इभेन्टमार्फत सार्वजनिक गर्ने
सामसङ ग्यालेक्सी नोट १० स्मार्टफोन । फाइल

काठमाडौं ।

यो वर्ष कोभिड-१९ को महामारीले गर्दा मोबाइल टेक्नोलोजीको कुम्भ मेला मोबाइल वर्ल्ड कंग्रेस स्थगित भयो, जसले गर्दा अधिकांश मोबाइल कम्पनीहरुले भर्चुअल इभेन्टमात्र आयोजना गरिरहेका छन्।

त्यसअघि नै सामसङले भने ग्यालेक्सी एस २० सिरिज लन्च गर्नका लागि इभेन्ट गर्न भने सफल रहेको थियो ।

तर अब भने त्यो अवस्था रहेन विश्वकै प्रमुख स्मार्टफोन निर्माता कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट २० लन्च गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले ग्यालेक्सी नोट २० सिरिजलाई भने अनलाइन इभेन्टमार्फत लन्च गर्ने तयारी गरेको छ । यो अहिलेको अवस्थामा कुनै अचम्म लाग्दो भने होईन् । तर सामसङले पहिलो पटक आफ्नो इतिहासमा मानिसहरुको उपस्थिती बिना नै इभेन्ट गर्न लागेको हो ।

यसअघि कम्पनीले विभिन्न मिडरेन्जका डिभाइसहरु, ट्याबलेटहरु, र अन्य वेयरेबल डिभाइसहरु प्रेस रिलिजका साथमा लन्च गर्ने गरेको भएपनि आफ्नो फ्ल्यागशिप डिभाइसको लन्च यस्तो किसिमले यसअघि गरेको थिएन् ।

सो अनलाइन अनप्याक्ड इभेन्ट आउँदो अगस्ट महिनामा हुने अपेक्षा गरिएको छ,जहाँ नोट २० र नोट २०प्लसका साथै ग्यालेक्सी फोल्ड २ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । एजेन्सीका साथ

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार