जनरल मोटर्सले १० लाख माईलसम्म कुद्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकास गर्दै

  • Technology Khabar | ८ जेष्ठ २०७७, बिहीबार
जनरल मोटर्सले १० लाख माईलसम्म कुद्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकास गर्दै

काठमाडौं ।

जनरल मोटर्स कम्पनीले १० लाख माइलसम्म चार्ज गर्नु नपर्ने सक्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकासको अन्तिम चरणमा पुगेको बताएको छ ।

अटो मेकर कम्पनीले नयाँ पुस्ताको ब्याट्री निर्माणको क्रममा रहेको छ जून नयाँ अल्टियम ब्याट्रीभन्दा एडभान्स हुनेछ, जून गएको मार्चमा सार्वजनिक गरिएको थियो ।

यस्तो जानकारी जनरल मोटर्सका कार्यकारी भाइस प्रेसिडेन्ट डग पार्कसले अनलाइन इन्भेस्टर कन्फरेन्समा दिएका हुन् ।

तर उनले १० लाख माईल सम्म चल्ने ब्याट्री कहिलेसम्म आउँछ भन्ने कुनै स्पष्ट अवधि भनेनन् । तर यसमा विभिन्न टिमहरु कम्पनीमा काम गरिरहेको र उनीहरुले जीरो कोबाल्ट इलेक्ट्रोड, सोलिड स्टेड इलेक्ट्रोलाइट्स र अल्ट्रा फास्ट चार्जिङ्गमा काम गरिरहेका छन् ।

इलेक्ट्रिक भेहिकल ब्याट्रीहरु सामान्यतया १ लाख देखि २ लाख माईलसम्म चल्ने गर्दछन् ।

यसबाहेक कम्पनीले ओहियोमा कोरियन पार्टनर एलजी केमसँगको ज्वाइन्ट भेन्चरमा अल्टियम सेल्स एलएलसी स्थापना गर्दै २.३ अर्ब डलर इलेक्ट्रिक भेहिकल ब्याट्री उत्पादनमा लगानी गर्ने घोषणा समेत गरेको छ। एजेन्सी

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...