प्रवासी नेपाली बारे जानकारी लिन नेपाली कांग्रेसको ‘रेस्क्यू नेपाली’ एप र वेब एप सार्वजनिक

  • Technology Khabar | ८ जेष्ठ २०७७, बिहीबार
प्रवासी नेपाली बारे जानकारी लिन नेपाली कांग्रेसको ‘रेस्क्यू नेपाली’ एप र वेब एप सार्वजनिक

काठमाडौं ।

विदेशमा रहेका नेपालीहरुको वर्तमान अवस्थाबारे जानकारी संकलन गर्ने र उद्धार गर्ने उद्धेश्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै मोबाइल एप र वेब एप तयार गरेको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले नेपालीहरुको उपस्थिती रहेका ४२ देशहरुलाई लक्षित गरेर सो प्लेटफर्म तयार पारेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘रेस्क्यू नेपाली’ (Rescuenepali) नामक ती प्लेटफर्महरु बुधबार दिउँसो ३ बजे ट्विटरमार्फत सार्वजनिक गरेका थिए।

नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न सो प्लेटफर्म तयार पारिएको कांग्रेसले जानकारी दिएको छ ।

‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोषका साथ रेस्क्यू नेपाली एप र वेब एप सार्वजनिक गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर जानकारी दिए ।

इजरायल, बेल्जियम, बेलायतलगायत ४३ देश लक्षित गरेर निर्माण गरिएको एपबाट विदेशमा अप्ठ्यारोमा परेका नेपालीको विवरण संकलन गर्ने मुख्य उद्देश्य कांग्रेसको छ ।

सो प्लेटफर्ममार्फत संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धारमा सरकारलाई सघाउने र दवाब दिने लक्ष्य लिईएको छ।

यसरी प्रयोग गर्नुस्

विदेशमा रहेका नेपालीले आफ्नो हालको अवस्थाबारे जानकारी गराउन एप र वेब प्लेटफर्म दुवै प्रयोग गर्न सक्नेछन् । यसबाहेक विदेशमा रहेका आफन्तहरुले समेत बिबरण भर्न सक्नेछन् ।

विदेशमा रहेका आवश्यक पर्ने नेपालीहरुले एपमा नाम, हाल रहेको देशको नाम, शहर, सम्पर्क नम्बरलगायतका विवरण भनुपर्ने छ । यसबाहेक सो देशको राजदुतावासले गरेको राहतको कार्यबारेमा समेत खुलाउनुपर्नेछ ।

त्यसैगरि सो देशमा नै बसिरहने हो वा चाँडो देशमा फर्किने हो भन्ने बारेमा पनि जानकारी दिनुपर्नेछ । देश फर्कन चाहनेले त्यसको कारणलगायत बिस्तृत जानकारी उल्लेख गर्नुपर्नेछ । कांग्रेसकाअनुसार यही विवरणका आधारमा तिनलाई उद्धार तथा राहत गर्न सरकारलाई दबाब तथा सुझाब गर्नेछ।

सो प्लेटफर्ममा नेपालस्थित आफ्नो बासस्थानको बारेमा समेत जानकारी राख्नुपर्नेछ । भने नेपाल फर्किएपछि गरिने आगामी योजनाहरुको बारेमा उल्लेख गराउन सकिनेछ ।

यदि तपाँईपनि विदेशमा हुनुहुन्छ भने आफ्नो बारेमा वा अन्य साथीहरुको अबस्थाको बारेमा गूगल प्ले स्टोरबाट यहाँ क्लीक गरेर एप डाउनलोड गर्न सक्नुहुनेछ ।

अथवा सिधै वेबसाइटमा गएर जानकारी भर्न सकिनेछ ।

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार