नेटफ्लिक्सले इन्टरनेट ब्याण्डविथ प्रतिबन्धलाई यूरोपमा हटाउँदै

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं ।

भिडियो स्ट्रिमिङ्ग सर्भिस नेटफ्लिक्सले लगाएको ब्याण्डविथ प्रतिबन्धलाई हटाउन थालेको छ । कम्पनीले सबैभनदा पहिलो यूरोपका देशहरुबाट आफ्नो सर्भिसहरुमा लगाएको ब्याण्डविथ सिमिततालाई हटाउन लागेको हो ।

यसअघि कम्पनीले विश्वभर आफ्ना कन्टेन्टहरुको गुणस्तर घटाउँदै ब्याण्डविथलाई सिमित गरेको थियो । कोरोनाभाइरसको महामारीले गर्दा विश्वभर भिडियो स्ट्रिमिङ्ग सर्भिसको माग उच्च हुँदा त्यसले इन्टरनेटमा नै समस्या आएको थियो । जसले गर्दा भिडियो स्ट्रिमिङ्ग सर्भिस कम्पनीहरुले ब्याण्डविथको प्रयोगलाई कम गर्न भिडियो स्ट्रिमिङ्गको गुणस्तर घटाएका थिए ।

अब भने कम्पनीले बिस्तारै ब्याण्डविथमा लगाएको रोकलाई हटाउन लागेको हो, जसअन्तरगत यूरोपबाट यसको शुरुवात गरिएको छ ।
महामारीको प्रकोप यूरोपमा बिस्तारै कम हुँदै गएपछि र सेवाको माग पनि सामान्य हुँदै गएपछि कम्पनीले नयाँ नीति लिएको हो ।

अहिलेको अवस्थामा केहि क्षेत्रहरुमा इन्टरनेट सेवामा सुधार गरिएको र ब्याण्डविथको खपत पनि कम भएको देखिएपनि नेटफ्लिक्सले आफ्नो सहि ४के बीटरेट र अन्य रेजोलुशनलाई पुनस्र्थापित गरिरहेको छ ।

त्यसैले केहि प्रयोगकर्ताहरुले उनीहरुको एकाउन्टमा केहि परिवर्तन भएको देख्नेछन् ।

यो प्रतिबन्ध बिस्तारै अन्य क्षेत्रहरुमा पनि आउने बताईएको छ । एजेन्सीका साथ

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया