Technology Khabar ५ जेष्ठ २०७७, सोमबार
काठमाडौं ।
चिनियाँ मोबाइल ह्यान्डसेट कम्पनी ओपोले भारतको उत्तर प्रदेशस्थित नोएडामा रहेको आफ्नो कारखानामा काम रोकिएको बताएको छ।
कम्पनीले आफ्ना सबै ३ हजार कर्मचारीहरूको कोरोना भाइरस संक्रमणको छानबिन पूरा नभएसम्म कारखाना बन्द रहने बताएको छ।
वास्तवमा कम्पनीका ६ जना कर्मचारीहरू कोरोना पोजिटिभ पाईएका थिए । त्यसपछि कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि सो प्लान्ट बन्द गरिदिएको छ ।
भारतमा लकडाउनका बिच उत्तर प्रदेश सरकारको अनुमति पाएपछि कम्पनीले आफ्ना करिब ३० प्रतिशत कर्मचारीकासाथ गएको शुक्रबारदेखि काम सुरु गरेको थियो।
कम्पनीले काममा आबद्ध रहने ती सबै कर्मचारीहरूको नमूना कोरोना भाइरस टेस्टका लागि पठाएको छ।
“हाम्रा सबै कर्मचारी र नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिदै हामीले ग्रेटर नोएडाको म्यान्युफ्याक्चरिंग प्लान्टमा भएका सबै किसिमका कामहरू रोकेका छौं र ३ हजार भन्दा बढी कर्मचारीको कोभिड१९ को परीक्षण सुरु गरेका छौं, जसको परिणामको प्रतिक्षा छ” ओपोले एक विज्ञप्तिमा भनेको छ ।
कम्पनीले नकारात्मक परीक्षण नतीजा भएका कर्मचारीहरूलाई मात्र फेरि काम गर्ने अनुमति दिइने बताएको छ । एजेन्सीका साथ
प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार