गूगलकाे मिट जीमेलमा उपलब्ध हुन् शुरु, तपाईँको जीमेल एकाउन्टमा पनि आयो होला हेर्नुस्

  • Technology Khabar | ३ जेष्ठ २०७७, शनिबार
गूगलकाे मिट जीमेलमा उपलब्ध हुन् शुरु, तपाईँको जीमेल एकाउन्टमा पनि आयो होला हेर्नुस्

काठमाडौं ।

पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सिङ्गको प्ल्याटफर्मको माग निरन्तर बढेसँगै विश्वभर जूम भिडियो एपको प्रयोग उच्च गतिले बढेको छ ।

यहि विषयलाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुले आफ्नो भिडियो कलिङ्ग एपलाई रिडिजाइन र रिस्ट्रक्चर गरिरहेका छन् । यसै अनुसार सर्च जायन्ट गूगलले पनि आफ्नो ‘मिट’लाई नयाँ रुपमा ल्याएको छ ।

गूगलले हालै सबैको लागि खुला गर्ने घोषणा गरेसँगै कम्पनीले विश्वभर यो फीचरलाई रोलआउट गर्न थालेको छ ।

गूगलको मिट गत मार्चदेखि सबैलाई निशुल्क प्रयोग गर्नका लागि उपलब्ध गराउने घोषणासँगै यसमा धेरै परिवर्तनहरु आएका छन् ।

अब भने यो सिधै जीमेल एकाउन्टबाट नै प्रयोग गर्नका लागि उपलब्ध भएको छ ।

हालै हामीले हाम्रो जीमेल एकाउन्टमा यो फीचर जोडिएको भेटेका छौं । जुन आजै अपडेट भएको हो । यसको अर्थ जीमेल प्रयोग गर्ने नेपाली यूजरले पनि यो फीचर प्रयोग गर्न सक्नेछन् ।

यसलाई गूगलले जीमेल एकाउन्टमा नै एकीकृत गरेर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताले सिधै कुनैपनि मिटिङ्गमा सहभागी हुन वा नयाँ मिटिङ्ग शुरु गर्न सक्नेछन् ।

गूगलले यसलाई ठिक यसको दायाँ तर्फ इनबक्स, ड्राफ्ट, स्पामलगायतका फोल्डरहरुको जानकारी दिने स्थानको ठिक मुनी बाहिरी भागमा राखेको छ ।

जसमा ‘मिट न्यू'(Meet New) भनेर लेखिएको छ । त्यसको ठिक मुनी तपाईँले ‘स्टार्ट अ मिटिङ्ग’ तथा ‘ज्वाइन अ मिटिङ्ग’ भन्ने अप्सन भेट्नुहुनेछ ।

मिटलाई च्याट भन्दा माथि राखिएको छ ।

Video Conference

 

यसको पहिलो अप्सन स्टार्ट अ मिटिङ्गमा क्लिक गर्दा छुट्टै पेज खुल्ने छ र त्यसमा तपाईँको डिभाइसको क्यामरा, माइक्रोफोन अन गर्न अर्थात खोल्न अनुमति माग्नेछ ।

सो पेजमा तपाईँले माइक्रोफोन, क्यामरा अन गरिसकेपछि तपाईँ सिधै मिटिङ्गमा जान पाउनुहुनेछ । यदि माइक्रोफोन र क्यामरा खोल्न अनुमति नदिएको खण्डमा ती फीचरहरु अफ रहेको जानकारी दिनेछ ।

त्यहाँ भएको ज्वाइन लेखिएको स्थानमा क्लिक गरेको खण्डमा अर्को नयाँ पेज आउनेछ जहाँ तपाईँलाई मिटिङ्गको कोड दिनेछ र सोहि कोड शेयर गरेर साथीभाईहरुबिच मिटिङ्ग गर्न सकिनेछ ।

अर्को अप्सन ज्वाइन अ मिटिङ्गमा क्लिक गर्दा भने तपाईँको सोहि क्रिनमा पपअप देखिने छ जहाँ तपाईँले कुनै मिटिङ्गको कोड पाउनुभएको भए त्यहाँ राख्नलाई भन्नेछ । र सिधै मिटिङ्गमा सहभागी हुन सकिनेछ ।

Video Conference

यदि तपाईँसँग जीमेल छैन वा गूगल मिट आईसकेको छैन् भने तपाईँले मिटको लागि उपलब्ध रहेको छुट्टै वेबसाइटमा गएर प्रयोग गर्न सक्नुहुनेछ ।
यसको लागि गूगलले मिट डट गूगल डटकम तयार पारेको छ र यसमा गएर जसले पनि मिटिङ्ग आयोजना गर्न सक्नेछन् ।

यदि तपाईँसँग जीमेल एकाउन्ट छैन भने जीमेल एकाउन्ट खोल्नुपर्ने हुन्छ ।

तपाईँको जीमेल एकाउन्टमा पनि मिट अप्सन उपलब्ध भईसकेको छ भने माथि उल्लेख गरेअनुसार प्रयोग गर्नुस् र छैन भने केहि दिन प्रतिक्षा गर्नुस् उपलब्ध हुनेछ ।

यसबाहेक तपाईँले सिधै गूगल मिटको वेबसाइटबाट पनि सिधै प्रयोग गर्न सक्नुहुनेछ ।

गूगल मिटको एन्ड्रोयड एप डाउनलोड गर्न यहाँ र आईओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईँले मिट प्रयोग गर्नुभयो त ? हामीलाई प्रतिकृयामा भन्नुहोस्

प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार