
काठमाडौं ।
शाओमीले मोबाइल फोन ट्रयाकर आईडीसीकाअनुसार सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ ।
नेपालमा व्यापार शुरु गरेको एक वर्ष भन्दा बढिमा स्मार्टफोन बजारमा नेतृत्व गरेको उल्लेख गरेकोछ । सन् २०१८ अक्टुबरदेखि संचालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलो पटक नेतृत्व गरेको हो ।
शाओमी सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसङ्ग र भीभोले पछ्याइरहेका छन् ।
कम्पनीकाअनुसार सन् २०२० मा ३०.९ प्रतिशत बजार सेयरका साथ नेपालमा बिक्री भएका शीर्ष १० स्मार्टफोनहरु मध्ये ४ वटा शाओमी डिभाइसहरु रहेका थिए ।
विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीकाअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा नेपाली बजारमा शाओमी दोस्रो ठुलो स्मार्टफोन विक्रेता भन्दा ६६ प्रतिशतले अगाडि रहेको छ ।
शाओमीले स्वतन्त्ररुपले नेपालमा दोस्रो ठुलो र तेस्रो ठुलो स्मार्टफोन विक्रेताको संयुक्तरुप भन्दा ठुलो भएको दाबी गरेकोछ ।
सन् २०२० को प्रथम त्रैमासिकमा शिर्ष पाँच स्मार्टफोन मध्ये दुईवटा शाओमीका स्मार्टफोन थिए ।
रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ ।
“हामी पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी भयौं र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण हो । सबैको लागि नवीनता उत्पादनहरु ल्याउन हाम्रो लक्ष्यका साथ हामी हाम्रो मी फ्यानहरुको लागी कडा परिश्रम गर्न कोशिस गर्नेछौं ।” शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।
कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कमको सबै सेल्स इभेन्टहरुमा नम्बर १ भएको र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान पुर्याएको दाबी छ ।
अफलाइन वृद्धिले समग्र वृृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले शाओमीले एक बर्षमा देशभरि ३५० मी प्रिफर्ड पार्टनर पसल सहित ९०० भन्दा बढि अफलाइन साझेदारहरू स्थापना गर्याे, जसले नेपालमा उनीहरूको उपस्थितिलाई सुदृढ बनाएको बताएको छ ।
विशेष बिक्री सेवा केन्द्रहरु मार्फत बिक्री सेवाको साथसाथै नेपालमा ग्राहकहरुको आवश्यकता पूरा गर्न डेडिकेटड सर्भिस वेयरहाउसका साथ बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेको शाओमीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सूची नम्बर स्मार्टफोन विक्रेता बजार सेयर
१ शाओमी ३०.९५
२ सामसङ १८.६५
३ भीभो १२.३५
४ ओपो १०.०५
५ लाभा ५.३५
प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार