Technology Khabar ३ जेष्ठ २०७७, शनिबार
काठमाडौं ।
दक्षिण पूर्वी देश इण्डोनेशियाले आउँदो जुलाईदेखि इन्टरनेट कम्पनीहरुमा मूल्य अभिवृद्धि कर लगाउने भएको छ ।
इण्डोनेशियाको सरकारले डिजिटल प्रडक्ट र सर्भिसेजको बिक्रीमा भ्याट लागू गर्न लागेको हो जसले सरकारको राजस्वलाई बढाउने अनुमान गरिएको छ । जहाँ सरकारले १० प्रतिशत भ्याट लगाउन लागेको हो ।
नयाँ नियमअनुसार अब स्पोटीफाई, नेटफ्लिक्सलगायतका स्ट्रिमिङ्ग प्ल्याटफर्महरु पनि नयाँ करको दायरामा आउने छन् ।
इण्डोनेशियामा इन्टरनेट कम्पनीहरुलाई भ्याट लगाउने नियम यसअघि नै मार्चमा प्रस्ताव गरिएको थियो जून हालै त्यहाँको संसदले पास गरिदिएको छ ।
करिब २७ करोड जनसंख्या भएको इण्डोनेशियामा सो देशको डिजिटल अर्थतन्त्र सन् २०२५ सम्म १३० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार