
काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना सबै पोस्टेपेड सेवाहरुमा पर्याप्त रकम नभएको खण्डमा लाइन बन्द हुने चेतावनी दिएको छ।
टेलिकमले सरकारी निर्णय र निर्देशन विपरित सूचना प्रकाशित गर्दै सेवा बन्द गर्ने चेतावनी दिएको हो।
कम्पनीले हालै आफ्नो आधिकारीक ट्विटर एकाउन्टबाट मासिक बिल भुक्तानी नभएको अवस्थामा पोस्टपेड (मोबाइल र ल्याण्डलाईन) दुबै बन्द हुने चेतावनी दिएको हो ।
— Nepal Telecom (@ndcl_nt) May 15, 2020
सरकारी स्वामित्वको कम्पनीले सरकारले यसअघि दिएको निर्देशन विपरित लाइन बन्द गर्ने चेतावनी दिएको हो । यसअघि सरकारले तथा नेपाल दूरसंचार प्राधिकरणले लकडाउन भएको विषम परिस्थितीमा ग्राहकहरुलाई थप सुबिधा दिन र सेवा अबरुद्ध नगर्न निर्देशन दिएको थियो तर त्यस विपरित कम्पनीले सूचना जारी गर्दै लाइन बन्द गर्ने चेतावनी दिएको हो।
त्यति मात्र होईन् सरकारले मन्त्रिपरिषदबाट निर्णय नै गरेर टेलिफोन तथा इन्टरनेटको फागुनदेखि जेठ महिनासम्मको महशुल भुक्तानीमा ढिलाई भएपनि जरिवाना शुल्क छुट दिने निर्णय गरेको थियो।
त्यसबेला पत्रकार सम्मेलन गरेरै अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले टेलिफोन तथा इन्टरनेटको फागुन, चैत, बैशाख र जेठ महिनासम्मको महशुल भुक्तानी २०७७ असार मसान्तसम्म बुझाएमा विलम्ब बापत लाग्ने जरिवाना र अतिरिक्त शुल्क छुट दिने निर्णय भएको बताएका थिए।
टेलिफोन तथा इन्टरनेटको फागुनदेखि जेठ महिनासम्मको शुल्क असारमा बुझाए जरिवाना नलाग्ने
तर अहिले भने सरकारी स्वामित्वको कम्पनीले नै सरकारको सो निर्णय विरुद्ध सूचना जारी गरेको छ।
प्राधिकरणले पनि करिब १ महिना अघि सबै सेवा प्रदायकहरुलाई इन्टरनेट सेवा लगायतका सेवाहरु सुचारु राख्न निर्देशन दिएको थियो।
दूरसञ्चार प्राधिकरणको निर्देशन- लकडाउन अवधिमा ग्राहकको इन्टरनेट नकाट्नु र जरिवाना नलिनु
प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा मासिक बिल तयार हुने भन्दै कम्पनीले मासिक बिलअनुसारको रकम ग्राहकको ब्यालेन्स नभएको खण्डमा लाइन बन्द हुने बताएको हो ।
‘हरेक अंग्रेजी महिनाको १५ तारिखमा जस्तै आज राति पनि नेपाल टेलिकमका सबै पोस्टपेड नम्बरहरु(ल्याण्डलाइन र मोबाइल) को मासिक बिल तयार गरिँदैछ। बिल तयार गर्दा ग्राहकले महिनाभर गर्नुभएको कल रकममा मासिक न्यूनतम महसुल( रेन्टल चार्ज) जोडिन्छ भने रेन्टल बापत ग्राहकलाई उपलब्ध हुने छुट घटाई मासिक बिल तयार हुन्छ। मासिक बिल तयार भएपछि बिल रकम ग्राहकको ब्यालेन्समा मिलान गरिने भएकोले हाल कायम रहेको ब्यालेन्सले बिल चुक्ता हुन नसकेमा लाइन बन्द हुन सक्दछ । बिलको कारण लाइन बन्द हुन नदि पर्याप्त ब्यालेन्स कायम राख्नुहुन तथा कुनैपनि अस्पष्टता भएमा ग्राहक सेवा केन्द्रको १४९८ मा सम्पर्क राख्नुहुनु अनुरोध गरिन्छ,’ कम्पनीले भनेको छ।
प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार