‘ग्राण्ड थेप्ट अटो’ नामक अनलाइन गेम निःशुल्क डाउनलोड गर्न दिँदा इपिक गेम्स स्टोर क्र्यास

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं ।

इपिक गेम्सले आफ्नो स्टोरमा ग्राण्ड थेप्ट अटो गेमलाई निशुल्क उपलब्ध गरेको घोषणा गराएसँगै कम्पनीको स्टोर क्र्यास भएको छ ।

इपिक गेम्सको स्टोरले अन्तराष्ट्रिय समयअनुसार गएको राती ३ बजेदेखि सो गेम निशुल्क उपलब्ध गराएको थियो । तर सो गेम लन्च गरेको केहि समयपछि नै यूजरले सुस्तगतिको भएको र ईरर मेसेज भएको रिपोर्ट गरेका थिए ।

कम्पनीले निशुल्क उपलब्ध गराएसँगै सो गेमको माग उच्च भएको थियो । इपिक गेम्सले अत्यधिक ट्राफिक भएको कारण सुस्त भएको भन्दै त्यसलाई समाधानको प्रयास गरिरहेको बताएको थियो ।

ग्राण्ड थेप्ट अटो जसलाई फ्यानहरुले जीटिए भनेर बुझ्छन्, यसलाई रकस्टार गेम्सले बनाएको थियो र यो गेम फ्रान्चाईजमा धेरै बिक्री हुनेमध्येमा पर्दछ ।

इपिक गेम्सले हरेक साता अनपेक्षित गेमहरुलाई स्टोरमा राख्ने गर्दछ । ती गेमहरु कम्प्यूटरहरुका लागि उपलब्ध रहेका हुन्छन् । र यूजर्सले डाउनलोड गरेको खण्डमा त्यसलाई आफैंले सँधै प्रयोग गर्न सक्दछन् ।

बुधबार मात्र कम्पनीले यो साता जिटिए भीलाई निशुल्क गरेको घोषणा गरेको थियो ।

ग्राण्ड थेप्ट अटो गेम सन् २०१३ देखि हालसम्म १० करोड भन्दा बढि प्रति बिक्री भईसकेको छ ।

हाल कम्पनीले सो समस्या समाधान गरेर अपडेट जारी गरेको बताएको छ । जसले अब इपिक गेम्स स्टोरमा पहुँच पाउन सकिने र लन्चर उपलब्ध भएको छ । बीबीसी

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया