Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं ।
कोभिड१९ महामारीको कारण हामीले भोगिरहेका सबै सामाजिक दूरी र भिन्नताको समयमा जूम भिडियो कन्फेरेन्स एप हरेक घरमा नाम लिईने एपको रूपमा देखा पर्यो, जबकि यसअघि यो भिडियो कन्फरेन्सिंग एपको नाम कमैलाई मात्र थाहा थियो ।
तर लकडाउनमा परेसँगै अनलाइन क्लास र अनलाइन वर्कका लागि जूम भिडियो कन्फेरेन्स एप निकै महत्वपूर्ण भएको छ ।
जूम भिडियो कन्फेरेन्स एपमा करोडौं मानिसहरु सक्रिय रहेका छन् जसले गर्दा यहि सामाजिक संजाल फेसबुकलाई यसले आकर्षित गर्यो ।
सोशल मिडिया जायन्ट फेसबुकले केहि साताअघि मात्रै मेसेन्जर रुम्सको घोषणा गरेको थियो । यो जूमको लोकप्रियतालाई ध्यानमा राखेर ल्याईएको थियो भने त्यसको प्रतिस्पर्धीको रुपमा तयार पारिएको थियो ।
अहिले यो विश्वभर रोलआउट भएको छ । कम्पनीले बिहिबारदेखि मेसेन्जर रुम्स सबैको लागि उपलब्ध गराएको छ ।
यो फीचरमा फेसबुकले असिमित समयावधिसम्म ५० जना मानिसहरु जोडिएर भिडियो कल वा अडियो कल गर्न सक्ने सुबिधा दिएको छ ।
यो फीचर प्रयोग गर्नको लागि प्रयोगकर्ताले मेसेन्जर वा फेसबुकमा गएर रुम्स खोल्न सक्दछन् । जहाँ तपाईँले फेसबुकमा नभएका मानिसहरुलाई समेत लिंक पठाएर कनेक्ट गर्न सक्नुहुनेछ ।
यसका साथै तपाईँले रुम्सलाई फेसबुक न्यूज फिड, ईभेन्ट, ग्रुपहरुमा शेयर समेत गर्न सक्नुहनेछ ।
मेसेन्जर रुम्समा कसलाई जोड्ने वा कसलाई हटाउने भन्ने अधिकार तपाईँसँग हुनेछ भने रुम्सलाई लक गरेर गोप्य समेत गर्नसक्नुहुनेछ । यसबाहेक कसले तपाईँको रुम्स हेर्न सक्छ भन्ने निर्धारण गर्न सकिन्छ ।
प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार