अनलाइन प्लेटफर्ममार्फत सेवा दिने कम्पनीलाई ‘टाइम कार्ड’ लागू नहुने, आजैबाट सेवा पुन शुरु

  • Technology Khabar | २९ बैशाख २०७७, सोमबार
अनलाइन प्लेटफर्ममार्फत सेवा दिने कम्पनीलाई ‘टाइम कार्ड’ लागू नहुने, आजैबाट सेवा पुन शुरु

काठमाडौं ।

आईतवार ट्राफिक प्रहरीले टाइम कार्ड लागू गरेपछि आफ्नो सेवामा समस्या भोगेका अनलाइन प्लेटफर्महरुले सोमबारदेखि भने पनि सेवा उपलब्ध गराउन थालेका छन् ।

हिजो ई-कमर्श कम्पनीहरु, अनलाइन फुड डेलिभरी प्लेटफर्मलगायतका कम्पनीहरुले सेवामा समस्या भएको बताएका थिए ।

ट्रााफिक प्रहरीले आज सो समस्या  समाधान गरिदिएपछि कम्पनीहरुले सेवा शुरु गरेका हुन् ।

‘हामीले ट्राफिक प्रहरी र सरकारी अधिकारीहरुसँग कुराकानी गरेका थियौं, मातहत निकायमा स्पस्ट सूचना प्रवाह नभएको हुँदा गाडि संचालनमा रोक लागेको जानकारी दिए, समस्या समाधान भयो, आजैदेखि पुन अर्डर लिन थालेका छौं ।’ फुडमाण्डुका बिक्री प्रमुख श्याम मालीले भने ।

फुडमाण्डुले ट्वीटमार्फत सेवा लिन थालेको उल्लेख गरेको छ ।

त्यसैगरि फुडमारियोका सिईओ रोहित तिवारीले पनि गाडी संचालनको समस्या समाधान भएसँगै सेवा शुरु गरिएको ट्विटरमार्फत  जानकारी दिएका छन् ।

उनीहरुले ग्राहकहरुलाई १० बजेपछि अर्डर  गर्न समेत भनेका छन् ।

 

प्रकाशित: २९ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...