
काठमाडौं ।
भर्खरैमात्र प्रयोगकर्ताको डाटा चोरेको आरोपको घट्ना सेलाउन नपाउँदै चिनियाँ स्मार्टफोन कम्पनी शाओमी अर्को विवादमा फसेको छ । शाओमी आफ्नो नयाँ फोनको विज्ञापनले गर्दा समस्यामा परेको हो ।
कम्पनीले गएको मार्चमा रेडमी नोट ९ र रेडमी नोट ९ प्रो म्याक्स लन्च गरेको थियो । भने हालै रेडमी नोट ९ सार्वजनिक गरेको थियो । रेडमी नोट ९ सिरिज विश्व बजारमा पनि उपलब्ध गराएको छ ।
यहि बेलामा शाओमीले आफ्नो फोन बेच्न बनाएको विज्ञापनले जापानमा निकै ठूलो विवाद सिर्जना गरेको छ । जसले गर्दा कम्पनीले माफी माग्नुपरेको छ ।
शाओमीले रेडमी नोट ९ प्रो स्मार्टफोन बिक्रीका लागि एउटा नयाँ विज्ञापन बनाएको थियो । यस विज्ञापनमा शाओमी रेडमी नोट ९ प्रोलाई पावरफुल बताउँदै न्यूक्लियर बमलाई देखाएको थियो ।
साथै यो विज्ञापनमा शाओमीले फ्याट म्यानको नाम पनि प्रयोग गरेको थियो । चिनियाँ ब्राण्डले यो विज्ञापन जापानमा जारी गरेको छ ।
स्मरण रहोस् दोस्रो विश्व युद्धको समयमा जापानको नागासाकीमा परमाणु बम झारिएको थियो जसले हजारौं मानिसहरुको मृत्यु भएको थियो ।
शाओमीले यो विज्ञापन संचालन गरेपछि जापानका मानिसहरुले त्यसमा आपत्ति व्यक्त गरेपछि विवाद सिर्जना भएको हो । विज्ञापनमा फ्याट म्यान प्रयोग गरिएको र जापानमा भएको परमाणु आक्रमणको खसालिएको बमको नाम पनि ‘फ्याट म्यान’ थियो ।
यो विज्ञापनले निकै ठूलो समस्या र विवाद सिर्जना भएपनि शाओमीले विज्ञापन नै बन्द गर्नुपरेको छ भने भिडियो हटाउँदै माफी माग्नुपरेको छ ।
शाओमीले जापानको आफ्नो आधिकारीक प्लेटफर्महरुबाट जापानीहरुसँग माफी मागेको छ र भविश्यमा यस्तो नहुने बताएको छ ।
弊社、最新製品のプロモーションビデオに関するコメントを掲載します。今後の再発防止に努めます。 pic.twitter.com/ZSXbSZElEi
— Xiaomi Japan (@XiaomiJapan) May 6, 2020
‘ओभरसिज मार्केटका लागि लेटेस्ट प्रडक्ट प्रमोशनमा खराब कन्टेनटको प्रयोग गरिएको थियो र अब त्यो भिडियो हटाईएको छ । शाओमी विश्वभरका यूजर्स तथा सभ्यताहरुलाई सम्मा गर्दछ । नयाँ प्रडक्टका प्रमोशनको समयमा हामी उनीहरुको थप नजिक आउनेछौं । हामी भविश्यमा यस्तो केहि पनि नहोस, यसलाई रोक्न पुरा प्रयास गर्नेछौं र समस्या हल गर्नेछौं,’ एन्ड्रोयड अर्थोरिटीकाअनुसार कम्पनीको ट्विटलाई नेपाली भाषामा रुपान्तरण गर्दा यस्तो भनिएको छ ।
*हेडलाइन सम्पादित
यस्तो थियो विज्ञापन भिडियो-
प्रकाशित: २८ बैशाख २०७७, आईतवार