
काठमाडौं ।
फेसबुकले प्रयोगकर्ताहरूको लागि नयाँ डेस्कटप साइट डिजाईन पूर्णरुपमा ल्याएको छ। डेस्कटप प्रयोगकर्ताहरूको लागि यसको ईन्टरफेस पूर्ण रूपमा परिवर्तन भएको छ।
यद्यपि कम्पनीले क्लासिक फेसबुकमा स्विच गर्ने विकल्प भने राखेको छ। यदि कसैलाई नयाँ इन्टरफेस मनपर्दैन भने जुनसुकै समयमा पनि पुरानो ईन्टरफेसमा फर्कन सक्दछन्।
यो मात्र होइन, फेसबुकले लामो पर्खाइपछि डेस्कटप प्रयोगकर्ताहरूको लागि डार्क मोड सुविधा पनि रोल आउट गरेको छ। नयाँ फेसबुक एक साताभित्र सबै यूजर्सले प्रयोग गर्न पाउनेछन् ।
‘नयाँ Facebook.com सरल र प्रयोग गर्न सजिलो छ। यसमा तपाइँले चाहानु हुने सबै फीचरहरू प्राप्त गर्न सक्नुहुनेछ। हामी यसलाई प्रयोगकर्ताको अनुभवमा आधारित रहेर सुधार गर्नेछौं।’ फेसबुकले भनेको छ ।
नयाँ फेसबुक र क्लासिक फेसबुकको बिचमा स्विच गर्न तपाईंलाई सेटिंग्समा नै स्विचको विकल्प दिईएको छ । त्यहाँ डार्क मोड अन/ अफ गर्न स्विच पनि राखिएको छ। डार्क मोड खोल्नाले त्यहाँ प्रयोगकर्ताहरूको आँखामा ब्राईटनेसको कुनै दबाब हुनेछैन् ।
फेसबुकमा लगइन गरेपछि तपाईंको होम स्क्रिनमा एउटा विन्डो देखा पर्नेछ। जहाँ तपाईंलाई फेसबुकबाट नयाँ डिजाइनको लागि आमन्त्रित गरिएको हुनेछ । यहाँ तपाईंले ट्राई इटमा (Try it) क्लिक गर्नुहोस्।

नयाँ फेसबुकको लागि स्वागत सन्देश अर्को विन्डोमा आउनेछ । यहाँ फास्ट लोडिंग टाइम र क्लीन लूक की जस्ता सुविधाहरूको विवरण डार्क मोडसँगै दिइएका छन् (डार्क मोड डेस्कटप प्रयोगकर्ताहरूका लागि सुरू गरिएको हो)। यहाँ नेक्स्ट गर्नु पर्नेछ ।

अब अर्को विन्डोमा लाइट र डार्क मोडको विषयवस्तुलाई दुई विन्डोजमा वर्णन गरिनेछ । त्यो इन्टरफेस डार्क मोडमा कस्तो देखिन्छ भनेर जानकारी दिईएको छ । साथै, कुनै पनि समयमा यी दुवै इन्टरफेसमा स्विच गर्न अप्सन राखिएको छ। यहाँ Get Started मा क्लिक गर्नुहोस्।

अब नयाँ फेसबुक तपाईले प्रयोग गर्न सक्नुहुनेछ । यसको सेटिंग्समा, डार्क मोड अन / अफ गर्न विकल्प दिईएको छ । यसका साथै त्यसमा नै तपाईँलाई त्यहाँ क्लासिक फेसबुक अर्थात पुरानो डिजाइनमा स्विच गर्न एक अप्सन पनि राखिएको छ।
https://www.facebook.com/facebookapp/videos/3161173800615636/?t=1
प्रकाशित: २७ बैशाख २०७७, शनिबार