कस्टम लिनक्स ओएस ह्याक गर्न माइक्रोसफ्टको चुनाैती, ह्याक गरे १ लाख डलर पुरस्कार पाईने

  • Technology Khabar | २७ बैशाख २०७७, शनिबार
कस्टम लिनक्स ओएस ह्याक गर्न माइक्रोसफ्टको चुनाैती, ह्याक गरे १ लाख डलर पुरस्कार पाईने

काठमाडौं ।

टेक कम्पनी माइक्रोसफ्टले आफ्नो थ्री-मन्थ च्यालेन्जअन्तरगत तीन महिनाको अवधिका लागि ह्याकरहरूलाई खुला चुनौती दिएको छ।

कम्पनीले कस्टम लिनक्स ओएसको सुरक्षालाई ह्याक गर्ने ह्याकरलाई एकलाख अमेरिकी डलरको इनाम राशि दिइने घोषणा गरेको छ।

यो चुनौती विशेषरूपमा एजर स्पीयर ओएसमा केन्द्रित हरेको छ । जसको लागि माइक्रोसफ्टले गत वर्ष लिनक्सको एक कम्प्याक्ट र कस्टम संस्करण डिजाइन गरेको थियो। यो ओएसलाई इन्टरनेट अफ थिङ्गस प्लेटफर्मको चिपसेटमा प्रयोग गर्ने गरिन्छ।

ओएसलाई अधिक सुरक्षित बनाउने

यो चुनौतीले ओएसलाई अधिक सुरक्षित बनाउने कम्पनीको भनाई छ ।

माइक्रोसफ्टको सेक्यूरिटी रेस्पोन्स सेन्टरका सेक्यूरिटी प्रोग्रामर म्यानेजर सिल्वी लियुले भने कि यो नयाँ अनुसन्धान चुनौतीको लक्ष्य एजुर स्पीयर ओएसलाई अझ सुरक्षित बनाउनु हो।

यो आईओटी सेक्यूरिटी सलुसन हो जसले हार्डवेयरलाई सुरक्षा प्रदान गर्दछ।

उनले अगाडि भने कि- यस चुनौतीले सेक्यूरिटी रिसर्च कम्युनिटीलाई पनि व्यस्त राख्दछ ताकि तिनीहरूले ह्याकर्सले भन्दा पहलिे नै यसमा भएका त्रुटिहरू पत्ता लगाउन सकुन्, जसले आगामी दिनमा एजुर स्पीयर ह्याक गर्ने जोखिम कम गर्न सक्नेछ।

तीन महिने च्यालेन्ज

यो च्यालेन्ज थ्री-मन्थ रिसर्च च्यालेन्जको एक हिस्सा हो र यो जुन १ तारिखदेखि सुरू भएर ३१ अगस्त सम्म चल्नेछ। विजेता प्रतिस्पर्धीलाई सम्मानस्वरूप एक लाख डलर दिइनेछ।

कम्पनीले गत बर्ष बिल्ड डेवलपर्स सम्मेलनमा एजुर स्पीयरलाई सार्वजनिक गरेको थियो । एजेन्सी

प्रकाशित: २७ बैशाख २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार