सूचना तथा सञ्चार प्रविधि संस्थामा ३३ हजार आबद्ध, प्रति व्यक्ति नाफा १३ लाख ६५ हजार रुपैयाँ

  • Technology Khabar | २५ बैशाख २०७७, बिहीबार
सूचना तथा सञ्चार प्रविधि संस्थामा ३३ हजार आबद्ध, प्रति व्यक्ति नाफा १३ लाख ६५ हजार रुपैयाँ
सांकेतिक

काठमाडौं ।

नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुले औसतमा प्रति संस्था साढे १४ जनालाई रोजगारी उपलब्ध गराएका छन् । सूचना तथा संचार प्रविधि क्षेत्रमा संलग्न संस्थाहरुको संख्या २ हजार २८५ रहेको छ।

हालै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को दोस्रो श्रृंखलाको प्रतिवेदनअनुसार ती संस्थाहरुमा ३३ हजार २७६ जना आबद्ध रहेका छन् । जसअनुसार प्रति संस्था कार्यरत वा आबद्ध व्यक्तिहरुको संख्या १४.५६ रहेको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा आबद्ध रहेका संस्थाहरुले प्रति वर्ष प्रति संस्था ८ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको सेवा तथा उत्पादनहरु बिक्री गर्ने गरेका छन् । त्यसैगरि उनीहरुले प्रति वर्ष ६ करोड ५० लाख ४९ हजार रुपैयाँ बराबरको खर्च गरेका छन् भने नाफा १ करोड ९८ लाख ७१ हजार रुपैयाँ बराबरको आर्जन गरेका छन् ।

प्रतिवेदनअनुसार ती संस्थाहरुमा कार्यरत कामदारहरुको आधारमा हेर्दा प्रति कामदार वार्षिकरुपमा ५८ लाख ३१ हजार रुपैयाँ बराबरको बिक्री गरेका छन् भने वार्षिक खर्च प्रति व्यक्ति ४४ लाख ६७ हजार रुपैयाँ गरेका छन् । त्यसैगरि प्रति व्यक्ति नाफा १३ लाख ६५ हजार रुपैयाँ गर्न सफल भएका छन्।

सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुले कुल उद्योगको आधारमा वार्षिक १९ करोड ४० लाख ४४ हजार रुपैयाँ बराबरको बिक्री गरेका थिए । त्यसैगरि समग्र उद्योगले वार्षिकरुपमा १४ करोड ८६ लाख ३८ हजार रुपैयाँ खर्च गर्दै ४ करोड ५४ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित: २५ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार