आफ्नै घर वा स्थानमा संचालन भएका आईसिटी संस्था भन्दा भाडामा बसेकासँग धेरै रोजगारी

  • Technology Khabar | २५ बैशाख २०७७, बिहीबार
आफ्नै घर वा स्थानमा संचालन भएका आईसिटी संस्था भन्दा भाडामा बसेकासँग धेरै रोजगारी
सांकेतिक तस्बिर

काठमाडौं ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना-२०७५ को दोस्रो श्रृंखलाको प्रतिवेदनअनुसार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुमध्ये १ हजार ६७३ वटा संस्थाहरु भाडाका घरमा संचालन भएको देखिएको छ ।

प्रतिवेदनअनुसार ती भाडामा भएका आईसिटी क्षेत्रका संस्थाहरुले १८ हजार ९५१ जनालाई रोजगारी प्रदान गरेका छन् । प्रतिवेदनअनुसार ती संस्थाहरुले प्रति कामदार वार्षिकरुपमा ४२ लाख ४६ हजार रुपैयाँ बराबरको बिक्री गर्ने गर्दछन भने प्रति व्यक्ति खर्च ३० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि भाडामा रहेका सूचना तथा संचार क्षेत्रका संस्थाहरुले प्रतिव्यक्ति ११ लाख ५० हजार रुपैयाँ वार्षिकरुपमा नाफा कमाउने गरेका छन् ।

भाडामा स्थान वा घर लिएर संचालन गरेका सूचना तथा संचार प्रविधिका संस्थाहरुले वार्षिकरुपमा ८ करोड४ लाख ५७ हजार रुपैयाँको समग्रमा बिक्री गर्ने गरेका छन् । भने उनीहरुले सोहि अवधिमा ५ करोड ८६ लाख ५८ हजार रुपैयाँ बराबरको खर्च गरेको देखिन्छ । त्यसैगरि ती संस्थाहरुले वार्षिकरुपमा २ करोड १७ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अर्कोतर्फ आफ्नै घर वा स्थान भएका संस्थाहरुमा भने केबल ४ हजार ४४६ जनालाई नियमित जागिर दिएको देखिन्छ । त्यसैगरि ती संस्थाहरुले प्रति कामदार वार्षिकरुपमा ४४ लाख ३८ हजार रुपैयाँ बिक्री गर्ने गरेका छन भने वार्षिक खर्च १८ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा आफ्नै घर वा स्थान भएका संस्थाहरुले वार्षिक प्रति व्यक्ति २५ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

समग्र उद्योगको तर्फबाट हेर्दा आफ्नै घर वा स्थान भएका सूचना तथा संचार संस्थाहरुले वार्षिकरुपमा १ करोड ९७ लाख ३३ हजार रुपैयाँ बिक्री गरेका छन भने खर्च ८२ लाख ५९ हजार रुपैयाँ गरेका छन् । उनीहरुले सो अवधिमा कुल नाफा १ करोड १४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित: २५ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार