Technology Khabar २४ बैशाख २०७७, बुधबार
काठमाडौं ।
अब अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा फिल्म सुटिङ्ग हुने भएको छ । नासाले यसको लागि चर्चित हलिवुड कलाकार टम क्रूजसँग छोटो सुटिङ्ग गर्नका लागि कुराकानी भईरहेको जानकारी दिएको छ ।
अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन(आईआईएस) मा सिनेमा सुटिङ्ग गर्ने बारेमा कुराकानी भईरहेको नासा प्रशासक जीम ब्राईडस्टाइनले स्पष्ट पारेका छन् ।
यो फिल्स सुटिङ्ग गर्नका लागि स्पेसएक्ससँग सहकार्य गरिने बताईएको छ जून प्रारम्भिक चरणमा नै रहेको छ ।
https://twitter.com/JimBridenstine/status/1257752395750289409
नासाले यसअघि नै कसरी आईएसएसलाई व्यवसायीक भेन्चरहरुका लागि खुलागर्न सकिन्छ भनेर कुराकानी गरिरहेको थियो । र अहिले सो स्थानमा फिल्म सुटिङ्ग पनि सोहि मध्ये एक हुने अपेक्षा गरिएको छ ।
स्पेसएक्स क्रू ड्रागन क्याप्सुल गत महिना प्रदर्शन गरिएको थियो जसले आईएसएसमा मानिस पुर्याउन सक्षम रहेको छ । एजेन्सी
प्रकाशित: २४ बैशाख २०७७, बुधबार