कोरोनासम्बन्धि भ्रामक विषय बारे ‘फ्याक्ट चेक’ गर्ने व्हाट्सएप च्याट बोट, नेपालबाट छैनन् कुनै संस्था

Technology Khabar २४ बैशाख २०७७, बुधबार

काठमाडौं ।

कोरोना सम्बन्धी अफवाह फैलाउन बाट रोक्न प्वाइंटर इंस्टिट्यूटको इन्टरनेशनल फ्याक्ट चेकिंग नेटवर्क (आईएफसीएन) ले एक व्हाट्सएप च्याट बोट संचालनमा ल्याएको छ।

च्याट बोटमा करिब ४ हजार खारिज गरिएका भ्रामक विषयहरुको डाटाबेस रहेको छ। बोटले प्रयोगकर्तालाई सही जानकारी मात्र प्रदान गर्दैन  कोविड-१९ सम्बन्धित कुनै पनि हल्ला र भ्रमहरू सहि र गलत प्रमाणित गर्दछ।  यसको मद्दतले प्रयोगकर्ताहरूले नक्कली समाचारहरू पहिचान गर्न सक्दछन तर तिनीहरूलाई फैलिनबाट रोक्न सकुन भन्ने यसको मुख्य उद्देश्य हो ।

हाल च्याट बोटले केवल अंग्रेजी भाषामा मात्र काम गर्दछ, चाँडै नै यसमा अन्य भाषाहरू थपिने छन्। आईएफसीएन च्याट बोटमा ७४ देशका ८० भन्दा बढी फ्याक्ट चेकिंग संस्थानहरूबाट उपलब्ध तथ्याङ्क डाटा समावेश गरेको छ। यी संस्थाहरूले मिलेर कोरोना सम्बन्धी ४,००० अफवाहहरूको पुष्टि गरेका छन र उनीहरूको डाटाबेस तयार गरेका हुन् जुन दैनिक अपडेट हुन्छ।

IFCN च्याट बोट सबै उपयोगकर्ताहरुको लागी निःशुल्क उपलब्ध रहेको छ। यो प्रयोग गर्ने प्रयोगकर्ताले सम्पर्कमा +१ (७२७) २९१२६०६ नम्बर सेभ गर्नुपर्दछ । नम्बर सेभ गरेपछि, हाई (Hi)लेखेर च्याटमा पठाउनु पर्नेछ, त्यसपछि प्रयोगकर्ताले तुरून्त स्वचालित सन्देश प्राप्त गर्दछ। प्राप्त सन्देशमा यो दावी गरिएको छ कि यो सेवा २४ सै घण्टा र सातै दिन उपलब्ध छ, जहाँ कोविड १९ को बारेमा आउने हल्लाहरु र सत्यता कुनै पनि समय पुष्टि गर्न सकिन्छ ।

यो प्रणालीले मोबाइल नम्बरमार्फत कन्ट्री कोडको माध्यमबाट प्रयोगकर्ताको देश पहिचान गर्न सक्छ।

यो च्याट बोटमा ७४ देशहरुको जानकारी उपलब्ध भएपनि नेपालबाट भने कुनैपिन संस्थाहरु आबद्ध छैनन् । जहाँ मेसेजमा ‘नेपालमा कुनैपनि संस्थाहरु फ्याक्ट चेकको लागि नभएको देखिन्छ,’ भनेर लेखिएको छ ।

यी विकल्पहरू च्याट बोटमा उपलब्ध हुनेछन्
१. सर्च फर फ्याक्ट चेक (तथ्य जाँचको लागि खोजी गर्नुहोस्)
२. लेटेस्ट फ्याक्ट चेक (भर्खरको तथ्य जाँच)
३. टिप्स टू फाइट मिस इन्फर्मेशन (गलत जानकारी विरुद्ध लडने सल्लाह)
४. फाइंड फ्याक्ट चेकर नियर मी (मेरो नजिकका तथ्य पत्ता लगाउनुहोस्)
५. अबाउट अस (हाम्रो बारेमा)
६. प्राइभेसी (गोपनीयता)

प्रकाशित: २४ बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया