कोरोना संकटकाबिच पनि कसरी चम्किरहेको छ गुगल, एप्पल, फेसबुक र अमेजनको व्यापार

  • Technology Khabar | २२ बैशाख २०७७, सोमबार
कोरोना संकटकाबिच पनि कसरी चम्किरहेको छ गुगल, एप्पल, फेसबुक र अमेजनको व्यापार

काठमाडौं ।

धेरैजसो विश्व लकडाउनसँग संघर्ष गर्दैछ। उपभोक्ताहरूले खर्च गरिरहेका छैनन् र धेरै उद्योगहरू टाट पल्टिने दिशातिर पुगेका छन्।

तर टेक्नोलोजी क्षेत्रका केही ठूला कम्पनीहरूले भने यो विश्वव्यापी महामारीको सानो मात्र प्रभाव भएको महसुस गरे। र अब यो विश्वास छ कि यो संकटको पुनःप्राप्ति पछि यी प्रविधि फर्महरू पहिलेभन्दा अझ शक्तिशाली भएर देखा पर्नेछ।

पछिल्लो केही दिनमा गुगलको स्वामित्वमा रहेको कम्पनी अल्फाबेट, एप्पल, फेसबुक र अमेजनका नतिजा आए।

विज्ञहरू भन्छन् कि यी कम्पनीहरू GAFA (गुगल, एप्पल, फेसबुक र अमेजन) समूहको रूपमा कुख्यात यी कम्पनीहरु खतरनाकरुपले शक्तिशाली भएका छन् र तिनीहरूलाई हप्काउनु पर्ने आवश्यक छ।

गुगल र फेसबुक

गुगल र फेसबुक दुबै विज्ञापनबाट उत्पन्न हुने आम्दानीमा पूर्ण निर्भर छन्।

एकातिर जब विज्ञापन कम्पनीहरूले उनीहरूको मार्केटिङ्ग बजेट काटिरहेका छन् त्यसमा तपाईँले सोच्दै हुनुहुन्छ होला कि गुगल र फेसबुक जस्ता कम्पनीहरूका लागि यो गाह्रो अवधि हुनेछ।

मार्चमा अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले अचानक विज्ञापनबाट हुने आम्दानीमा ठूलो गिरावट देखे।

तर जसरी कम्पनीको स्टकको मूल्य बढेको देखिएको छ, यसले त यस्तो देखिन्छ कि कम्पनीको ब्यालेन्स शीटमा सुधार हुन थालेको छ।

फेसबुकले पनि कोरोना भाइरसले गर्दा उनीहरूको विज्ञापन व्यवसायमा केही प्रभाव पारेको बताएको थियो। तर यो प्रवृत्ति त पुरै क्वार्टरमा देखिएको थियो कि आम्दानी पहिले जस्तो वृद्धि भएको थिएन्।

अर्कोतर्फ, पत्रपत्रिकाहरु र टेलिभिजन च्यानलहरूको व्यवसायमा खडेरी डरलाग्दो अवस्थामा पुगेको छ।

एप्पल र अमेजन

यसैबीच, एप्पलको हार्डवेयर व्यवसाय, अर्थात यसको फोन बिक्रीमा निकै कमी आएको देखियो तर कम्पनीको सेवाबाट हुने आय बढेको छ।

अनलाइन खुद्रा व्यापारको प्रमुख खेलाडी अमेजनको व्यवसाय द्रुत गतिमा बढ्दैछ। उसको क्लाउड कम्प्युटिङ्गको व्यवसाय निकै राम्रो चलिरहेको छ। यद्यपि कोरोना भाइरससँग लड्नका लागि कम्पनीको खर्च केहि बढेको छ।

यसको कारणले गर्दा सिईओ जेफ बेजोसले लगानीकर्ताहरूलाई चुप लाग्न चेतावनी नै दिनुपरेको थियो। यो यस्तो कुराको स‌ंकेत थियो कि नाफा नै उनीहरूको लागि सबै कुरा होइन।

तर पनि प्रगति गर्नको लागि खर्च गर, खर्च गर र  गरिरख भन्ने नीतिले उसलाई संसारको सबैभन्दा धनी मानिस बनाएको छ।

र त्यहाँ यो कुराको संकेत हो कि जेफ बेजोस र उनको कम्पनी कोरोना संकटपछि पहिले भन्दा बढी शक्तिशाली भएर देखा पर्नेछ।

कडा नियम कानूनहरू लागू गर्न माग

अर्को ठूलो टेक फर्म माइक्रोसफ्टका सत्य नाडेलाले यसै हप्ता भनेका थिए कि उनको कम्पनीले दुई बर्ष बराबरको कायापलट (मेटमोर्फोसिस) दुई महिनामा नै परिवर्तन गर्न सफल भएको छ।

स्पष्ट नै छ की, कम्पनीको नतिजा राम्रो भएको छ। नाडेला भन्छन कि यदि क्रान्तिकारी विकासको यस प्रक्रियालाई छिटो गरियो भने यसले कम्पनीलाई अझ प्रभावकारी बनाउनेछ।

तर यी कम्पनीहरूले जून गतिमा प्रगति गरिरहेका त्यसले तिनीहरूलाई पहिले नै अत्यन्त शक्तिशाली बनाई दिएको छ।

अमेरिकी पूर्ब राष्ट्रपति बाराक ओबामाको आर्थिक सल्लाहकार रहेका जेसन फरमान ती मानिसहरुमध्ये एक हुन जो यी कम्पनीहरूमाथि कडा नियम र कानून बनाउने मागलाई जोडदाररुपमा समर्थन गर्दछन्।

जेसन फरमानलाई आश‌का छ कि कोरोना संकटको कारण यी कम्पनीहरूमा दबाब कम हुनेछ।

यस हप्ता अमेरिका र युरोपमा केही डरलाग्दो आर्थिक डाटा जारी गरिएको छ । अमेरिकी स्टक बजारमा सुधार आएको छ र पछिल्लो महिना विगत तीस बर्षमा सबभन्दा राम्रो भएको छ ।

र यी सबै प्रविधि व्यवसाय संग सम्बन्धित यी कम्पनीहरूको कारण भएको हो । मार्च १५ देखि अमेजन र नेटफ्लिक्सको सेयरमा ४०% ले वृद्धि भएको छ । बीबीसीबाट

 

प्रकाशित: २२ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...