नोकिया १५० फीचर फोनको रिमेक आउँदै, नोकिया १२५ पनि साथै लन्च हुने

  • Technology Khabar | २१ बैशाख २०७७, आईतवार
नोकिया १५० फीचर फोनको रिमेक आउँदै, नोकिया १२५ पनि साथै लन्च हुने
नोकिया 150 र नोकिया 130 फीचर फोनहरु

काठमाडौं ।

मोबाइल फोन निर्माता नोकियाले आफ्नो लोकप्रिय फीचर फोन नोकिया १५० लाई पुन बजारमा ल्याउने भएको छ ।

नोकियाले माइक्रोसफ्टबाट आफ्नो ब्राण्ड फिर्ता लिएपछि एचएमडीले सबैभन्दा पहिले लन्च गरेको फोन हो नोकिया १५० । अब यसको नयाँ भर्सन आउनेछ भने यसको साथमा नोकिया १२५ फोन पनि आउनेछ ।

नोकियाका यी फीचर फोनहरुको बारेमा हालै जानकारी लीक भएको हो । यी फोनहरुको स्पेशिफिकेसनहरुको बारेमा जानकारी छैन् । तर यी फोनहरु काईओएस लाईन अपमा भने आउने छैनन्। किनकी एचएमडीले क्लासिक नोकियामा मात्र सो ओएस राख्ने गर्दछ ।

तर नोकिया १५० लाई क्लासिक मानिदैन्। यो फोन संभवत करिब २५ यूरो हाराहारी मूल्यमा आउने छ । त्यस्तै नोकिया १२५ को मूल्य करिब १९ यूरो भन्दा कम हुनसक्नेछ किनकी नोकिया १३० को मूल्य १९ यूरो रहेको छ ।

नोकिया १५० मा २४०x३२० पिक्सेलको स्क्रीन हुनसक्नेछ भने नोकिया १२५ फीचर फोनमा १२०x१६० पिक्सेलको स्क्रीन हुनसक्नेछ । यी फोनहरुमा भीजीए क्यामरा, एमपीथ्री र एफएम रेडियोका साथै स्नेक गेम हुनसक्ने रिपोर्टमा उल्लेख छ । एजेन्सी

प्रकाशित: २१ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार